News Portal

कतारमा रुकुमका इन्द्र बहादुरले इमान्दारीपुर्वक काम गरेवापत पाए १५ हजार कतारी रियाल इनाम !

हिमाली संचार संवाददाता
९५४ पटक

कतार : कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफना एक नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत् नगद रकम इनाम दिएका छन्।

कम्पनीका मालिक नासर अल अलीद्धारा हन्तान्तरित कतारी रियाल १५ हजार नेपाली कामदार इन्द्र बहादुर कामी  प्राप्त गरे। विगत १० वर्षदेखि सोही कम्पनीको कन्स्ट्रक्सन डिभिजनमा कारपेन्टर लिडरको काम गरिरहेका रुकुमका इन्द्र बहादुर कामी आफुले नगद इनाम पाउदा अत्यन्त खूशी लागेको र अब सो रकमले आफना २ छोरा र छोरीको उज्जवल भविश्वको लागि उनीहरुको पढाइमा अझ लगानी गर्ने र केही वचत गरेर राख्ने बताए।

सन् २००९ मा कार्पेन्टरका रुपमा सोही कम्पनीमा आएका इन्द्र बहादुर अहिले कार्पेन्टरका टिम लिडर भइसकेका छन्। सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना बालबच्चाको पढाइ साथै श्रीमतीको लागि खर्च जुटाएको मात्र होइन गाउँमै नयाँ घरजग्गा समेत जोडी सकेका छन्।

नासर अलअलि इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्ने रहेछ भन्ने आफूलाई पुर्ण विश्वास लागेको बताए।

सोही कम्पनीका मालिकले आफ्नो कम्पनीमा काम गर्ने सबै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च दिने गरेका छन्। उनले २०७२ को आमविनासकारी महाभूकम्पले भत्काएको आफना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपैंया भन्दा बढी रकम सहयोग दिएका थिए।

नासर अल अली इन्टरप्राइसेसमा कार्यरत १९ जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले १०÷१० ग्रामका दरले १९० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन्।

कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन्। सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घरमा श्रीमतीलाई पठाउने बताए। यसैगरी १ देखि ६ वर्षसम्म निरन्तर रुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिकअलीले प्रमाण पत्र प्रदान गरेका थिए।

सुनका सिक्का पुरस्कार पाउने कामदारहरुका अनुसार नासर अल अली इन्टरप्राइसेस आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सवैसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक हुन्।

आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत् सवै कामदारहरुको रहेको छ।

आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमै आफु समाधान गर्न सघाउने गरेको बताए।

समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ। डिसीनेपालबाट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...