News Portal

तिहारका लागि पोखरामा सयपत्री फूलको मूल्य तोकियो, मालाको मूल्य १५० रुपैयाँसम्म

१६३ पटक

पोखरा, कार्तिक ३ – तिहार पर्व नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले यस वर्षको सयपत्री फूलको मूल्य निर्धारण गरेको छ। महानगरले स्थानीय किसानको उत्पादनलाई प्रोत्साहन र उपभोक्तालाई उचित मूल्यमा फूल उपलब्ध गराउने उद्देश्यले फूललाई तीन ग्रेडमा वर्गीकरण गर्दै दर तोकेको हो।

महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, कृषि सञ्जाल, पोखरा उद्योग वाणिज्य संघ, फ्लोरिकल्चर एसोसिएसन कास्की र कृषि ज्ञान केन्द्र कास्कीबीचको छलफलपछि मूल्य निर्धारण गरिएको हो।

तोकेको मूल्य अनुसार ‘ए’ ग्रेड (१५ देखि २० ग्राम) सयपत्रीको प्रति थुंगा ५ रुपैयाँ र माला १५० रुपैयाँमा बिक्री हुने छ। ‘बी’ ग्रेड (१० देखि १५ ग्राम) को थुंगा ४ रुपैयाँ र माला १३० रुपैयाँ, भने ‘सी’ ग्रेड (५ देखि १० ग्राम) को थुंगा २ रुपैयाँ र माला १०० रुपैयाँ तोकिएको छ।

महानगरका अनुसार तीनै ग्रेडका फूल प्रति किलो ३०० देखि ४०० रुपैयाँमा उपलब्ध हुनेछन्।

फूल खरिदका लागि बगर, महेन्द्रपुल, तालचोक लगायत २५ भन्दा बढी स्थानमा बिक्री केन्द्र तोकिएको छ। कात्तिक ३, ४ र ५ गते ती स्थानमा फूल बिक्री गरिनेछ।

यस वर्ष करिब ३०० रोपनी क्षेत्रफलमा सयपत्री खेती गरिएको छ। यसबाट करिब ३ लाख माला उत्पादन हुने र ३ देखि ४ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ।

महानगरले पछिल्ला तीन वर्षदेखि किसानलाई बीउमा अनुदान, बजार व्यवस्थापनमा सहयोग र न्यूनतम समर्थन मूल्य प्रदान गर्दै आएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...