आज : २०२६-०६-१४, आइतबार

जेन–जी आन्दोलनमा प्रहरीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

काठमाडौं, कार्तिक २ – भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा तीनकुने प्रहरी चौकीमा आक्रमण गरी प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्ने गौतम घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।

आन्दोलनकारीले चौकीमा हतियार लुट्ने प्रयास गरेका थिए भने कतिपय प्रहरी बागमती नदीमा हामफालेको घटना पनि भएको थियो। प्रहरीले भिडियो र फोटो प्रमाणको आधारमा घिसिङलाई नियन्त्रणमा लिएको जनाएको छ। सो घटनामा सहभागी केही अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्।

घिसिङविरुद्ध अनुसन्धान प्रक्रिया अझै जारी छ।