News Portal

जेनजी आन्दोलनमा जलेका जग्गाधनीका अभिलेख पुनः कायम गराउन मालपोत कार्यालयको आग्रह

२५५ पटक

रुपन्देही, असोज ३१ — जेनजी आन्दोलनका क्रममा जलेका जग्गाधनीका कागजपत्र पुनः व्यवस्थित गर्न मालपोत कार्यालय बुटवलले जग्गाधनीहरूलाई स्रेस्ता कायम गराउन कार्यालयमा उपस्थित हुन अनुरोध गरेको छ।

भदौ २४ गतेको आन्दोलनका क्रममा मालपोत कार्यालयमा अज्ञात समूहले गरेको आगजनी र तोडफोडका कारण हजारौं जग्गाधनीका अभिलेख नष्ट भएका थिए। कार्यालयका अनुसार साविक गजेडी, मक्रहर, आनन्दवन, सेमलार लगायत क्षेत्रका स्रेस्ता कागजात पूर्ण रूपमा क्षति भएका छन्।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “सुकुम्वासी आयोगमार्फत वितरण भएका बुटवल, आनन्दवन, गजेडी, सेमलार, मक्रहर, परोहा, दुधराक्ष, करहिया र केरवानीका जग्गासम्बन्धी अभिलेख पनि जलेका छन्।”

मालपोतले जग्गाधनीहरूलाई आफ्नो नागरिकताको प्रमाणपत्र, जोतभोग सिफारिस, जग्गाधनी प्रमाण पुर्जा, चालु आर्थिक वर्षको तिरो रसिद, आवश्यक कागजात र प्रमाण सहित स्रेस्ता पुनः कायम गर्न कार्यालयमा आउन आग्रह गरेको छ।

कार्यालयले यो प्रक्रिया मालपोत ऐन २०३४, नियमावली २०३६, भूमि प्रशासन निर्देशिका २०८१ र मन्त्रालयको परिपत्र अनुसार सञ्चालन गरिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...