News Portal

मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल गठनको घोषणा, वार्ता समिति गठन

२७६ पटक

काठमाडौं, असोज ३१ — जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। उनले यसको तयारी स्वरूप वार्ता समिति गठन भएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो प्रकाशित गर्दै ढुंगानाले ‘गरिखान देउ’ अभियानलाई राजनीतिक रूप दिने निर्णय गरेको बताए। उनका अनुसार जेनजी आन्दोलनले देशमा नयाँ सोच र नेतृत्वको माग गरेको छ, जसलाई संस्थागत गर्न अब पार्टी निर्माण अनिवार्य भएको हो।

ढुंगानाले भनेका छन् कि उनीहरूले हालको परिस्थितिमा चुनावमा भाग लिने योजना भने बनाएका छैनन्। तर, पार्टी गठनका लागि तीन मुख्य सर्तहरू राखेका छन् — प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, विदेशमा रहेका नेपालीलाई मताधिकार, र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको सशक्त संरचना।

उनले भने, “देश परिवर्तनका लागि नयाँ सोच र साहस चाहिन्छ। हामीले त्यसैको शुरुवात गरेका छौं। जसलाई देश निकास चाहिएको छ, उनीहरू सबै यो अभियानमा जोडिन सक्नेछन्।”

ढुंगानाले आगामी कात्तिक १ गते एभरेस्ट होटलमा पत्रकार सम्मेलन गरी पार्टीबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी पनि बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...