News Portal

एमालेको आरोप– सरकारले चुनाव गराउने बाटो छोडेको

२०३ पटक

काठमाडौँ, असोज ३० – नेकपा एमालेले वर्तमान सरकार चुनाव गराउने दिशामा काम नगरेको दाबी गरेको छ। पार्टीका उपाध्यक्ष गुरु बरालका अनुसार, सरकारले चुनावको वातावरण तयार पार्नुपर्ने न्यूनतम कदम पनि चाल्न छोडेको छ र उल्टो बाटोमा अघि बढिरहेको छ।

बरालले बताए, “सरकारले राजनीतिक दलसँग संवाद गर्ने साटो उनीहरूलाई दबाब र प्रतिबन्धमा राख्ने काम गरिरहेको छ। केही विवादास्पद व्यक्तिहरूलाई संरक्षण दिइरहेको, पुराना दललाई निर्वाचनमा भाग लिन नदिने, जिते पनि परिणाम खारेज गराउने जस्ता गतिविधि भइरहेको छ।”

उनले भने, निर्वाचन भनेको सबै दललाई समान अवसर उपलब्ध गराउनु हो। तर सरकारले केही दललाई निर्वाचनमा जानबाट रोक्ने प्रयास गरेको देखिएको छ। निर्वाचन आयोगको भूमिका सीमित भए पनि सरकारले आयोगविरुद्ध कदम चालिरहेको अवस्था देखिन्छ।

एमालेले भने, लोकतान्त्रिक व्यवस्थामा नियमित निर्वाचन अनिवार्य छ र सबै दलले निष्पक्ष, स्वतन्त्र वातावरणमा निर्वाचनमा भाग लिन पाउनु पर्छ। पार्टीले सरकारका असंवैधानिक कदमको सामना गर्न र जनताको माझ पुग्न सदैव तयार रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...