News Portal

काठमाडौँ जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन ससर्त रूपमा उपलब्ध गराइने

२६९ पटक

काठमाडौँ, असोज ३० – जेनजी आन्दोलनको क्रममा आगलागीले क्षतिग्रस्त बनेको काठमाडौँ जिल्ला अदालतको भवनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो बबरमहलस्थित भवन ससर्त रूपमा उपलब्ध गराउने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिबीच भएको संयुक्त बैठकमा उक्त सहमति बनेको हो।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतको नियमित सेवा अवरोध हुन नदिन वैकल्पिक भवनको आवश्यकता रहेको भन्दै प्राधिकरणको भवन प्रयोगको प्रस्ताव राखेका थिए।

उक्त प्रस्तावप्रति प्रधानमन्त्री कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नहुने भन्दै दुवै पक्षबीच समझदारीमा भवन प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन्।

त्यसपछि प्राधिकरणले तत्कालका लागि अदालतलाई ससर्त रूपमा भवन उपलब्ध गराउने सहमति भएको प्रधानमन्त्री कार्कीकी प्रेस संयोजक राम रावलले जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...