News Portal

काठमाडौँ जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन ससर्त रूपमा उपलब्ध गराइने

१९४ पटक

काठमाडौँ, असोज ३० – जेनजी आन्दोलनको क्रममा आगलागीले क्षतिग्रस्त बनेको काठमाडौँ जिल्ला अदालतको भवनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो बबरमहलस्थित भवन ससर्त रूपमा उपलब्ध गराउने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिबीच भएको संयुक्त बैठकमा उक्त सहमति बनेको हो।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतको नियमित सेवा अवरोध हुन नदिन वैकल्पिक भवनको आवश्यकता रहेको भन्दै प्राधिकरणको भवन प्रयोगको प्रस्ताव राखेका थिए।

उक्त प्रस्तावप्रति प्रधानमन्त्री कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नहुने भन्दै दुवै पक्षबीच समझदारीमा भवन प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन्।

त्यसपछि प्राधिकरणले तत्कालका लागि अदालतलाई ससर्त रूपमा भवन उपलब्ध गराउने सहमति भएको प्रधानमन्त्री कार्कीकी प्रेस संयोजक राम रावलले जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...