आज : २०२६-०६-१४, आइतबार

एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर २७, २८ र २९ गते पोखरामा गर्ने प्रस्ताव बैठकमा पेश गरेका छन्।

बुधबारदेखि ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटीको १० औँ बैठकमा अध्यक्ष ओलीले यो प्रस्ताव राखेका हुन्।

अध्यक्ष ओलीले मुलुकको राजनीतिक परिस्थिति र पार्टीको नीति सम्बन्धमा विशेष सुझाव दिँदै जेनजी आन्दोलनको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए।