News Portal

मेयर बालेनको टिप्पणीप्रति किसान महासंघको आपत्ति, माफी नआए थप कदम चाल्ने चेतावनी

२७५ पटक

काठमाडौं, असोज २८ — अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा किसानलाई ‘फोहर’ भनेर उल्लेख गरेको विषयमा आपत्ति जनाएको छ। महासंघले मेयर साहलाई आफ्नो स्टाटस हटाएर किसानसँग माफी माग्न आग्रह गरेको छ।

महासंघका अध्यक्ष डा. प्रेम दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुर्‍याउने अभिव्यक्ति जिम्मेवार पदमा रहेका व्यक्तिबाट आउनु अत्यन्तै खेदजनक छ।”

महासंघले भनेको छ, माफी नभए उनीहरूले विभिन्न विरोध कार्यक्रमहरू गर्ने समेत चेतावनी दिएका छन्।

मेयर साहले सामाजिक सञ्जालमा कविताको शैलीमा लेखेका थिए—

“जलझैँ शीतल, फूलझैँ कोमल,

सुन न पित्तल, किसानझैँ फोहर।

आकाशझैँ विशाल,

स्पर्शझैँ सूक्ष्म,

सगरमाथाझैँ हिमाल,

थोपाझैँ पूर्ण।”

महासंघका अनुसार कविताको उक्त पंक्ति किसानको सम्मानमाथि अपमानको रूपमा आएको भन्दै कडा आपत्ति जनाएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...