News Portal

मेयर बालेनको टिप्पणीप्रति किसान महासंघको आपत्ति, माफी नआए थप कदम चाल्ने चेतावनी

१८२ पटक

काठमाडौं, असोज २८ — अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा किसानलाई ‘फोहर’ भनेर उल्लेख गरेको विषयमा आपत्ति जनाएको छ। महासंघले मेयर साहलाई आफ्नो स्टाटस हटाएर किसानसँग माफी माग्न आग्रह गरेको छ।

महासंघका अध्यक्ष डा. प्रेम दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुर्‍याउने अभिव्यक्ति जिम्मेवार पदमा रहेका व्यक्तिबाट आउनु अत्यन्तै खेदजनक छ।”

महासंघले भनेको छ, माफी नभए उनीहरूले विभिन्न विरोध कार्यक्रमहरू गर्ने समेत चेतावनी दिएका छन्।

मेयर साहले सामाजिक सञ्जालमा कविताको शैलीमा लेखेका थिए—

“जलझैँ शीतल, फूलझैँ कोमल,

सुन न पित्तल, किसानझैँ फोहर।

आकाशझैँ विशाल,

स्पर्शझैँ सूक्ष्म,

सगरमाथाझैँ हिमाल,

थोपाझैँ पूर्ण।”

महासंघका अनुसार कविताको उक्त पंक्ति किसानको सम्मानमाथि अपमानको रूपमा आएको भन्दै कडा आपत्ति जनाएको हो।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...