News Portal

कांग्रेसमा महाधिवेशनको बहस : देउवाको जवाफ– “सल्लाह गरेर अघि बढौंला”

१८४ पटक

काठमाडौं, असोज २८ – नेपाली कांग्रेसमा महाधिवेशनको विषयले फेरि आन्तरिक तनाब बढाएको छ। केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सानेपाबाहिर भेटवार्ता भएको छ।

भेटमा दुवै महामन्त्रीले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशन बोलाउनुपर्ने सुझाव दिएका थिए। तर सभापति देउवाले त्यसबारे स्पष्ट जवाफ नदिई “सल्लाह गरेर अघि बढौंला” भन्नेमा सीमित रहेका छन्।

मंगलबार दिउँसो हुने भनिएको केन्द्रीय समिति बैठकको एजेन्डा अहिलेसम्म टुंगो लागेको छैन। देउवाले आजको बैठक स्थगित गरी बुधबारदेखि बस्ने तयारी गरेको बताइएको छ।

पार्टीमा प्रचलित विधिअनुसार सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने गर्छन्। तर महामन्त्री गगन थापाले कार्यसमितिको म्याद थपको प्रस्ताव आफूले पेस नगर्ने घोषणा गरिसकेका छन्।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको कार्यसम्पादन समिति बैठकले पनि एजेन्डा तय गर्न सकेको छैन। अहिलेको मुख्य बहस मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने कि विशेष महाधिवेशनमा जानुपर्ने भन्नेमा केन्द्रित छ।

महामन्त्री थापा र शर्मा मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन् भने सभापति देउवा पक्ष भने तयारी नपुगेको भन्दै आगामी वैशाखमा गर्ने सोचमा छ।

यता, विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियान चलाएका छन्। अभियानका संयोजक नेता गुरूराज घिमिरेका अनुसार ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरिसकेका छन्। ती हस्ताक्षरहरू आजै पार्टी केन्द्रीय कार्यालयमा बुझाइने तयारी छ।

हालै जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पतीमाथि घरमै आक्रमण भएपछि उनी सार्वजनिक रूपमा नदेखिएका हुन्। तर, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा आज दिउँसो १ बजे बस्ने बैठकमा सहभागी हुनेछन्।

देउवाले सभापतिमा निरन्तरता दिने कि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिने भन्ने विषय अझै टुंगो लागेको छैन।

 

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...