News Portal

कांग्रेसमा महाधिवेशनको बहस : देउवाको जवाफ– “सल्लाह गरेर अघि बढौंला”

२८७ पटक

काठमाडौं, असोज २८ – नेपाली कांग्रेसमा महाधिवेशनको विषयले फेरि आन्तरिक तनाब बढाएको छ। केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सानेपाबाहिर भेटवार्ता भएको छ।

भेटमा दुवै महामन्त्रीले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशन बोलाउनुपर्ने सुझाव दिएका थिए। तर सभापति देउवाले त्यसबारे स्पष्ट जवाफ नदिई “सल्लाह गरेर अघि बढौंला” भन्नेमा सीमित रहेका छन्।

मंगलबार दिउँसो हुने भनिएको केन्द्रीय समिति बैठकको एजेन्डा अहिलेसम्म टुंगो लागेको छैन। देउवाले आजको बैठक स्थगित गरी बुधबारदेखि बस्ने तयारी गरेको बताइएको छ।

पार्टीमा प्रचलित विधिअनुसार सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने गर्छन्। तर महामन्त्री गगन थापाले कार्यसमितिको म्याद थपको प्रस्ताव आफूले पेस नगर्ने घोषणा गरिसकेका छन्।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको कार्यसम्पादन समिति बैठकले पनि एजेन्डा तय गर्न सकेको छैन। अहिलेको मुख्य बहस मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने कि विशेष महाधिवेशनमा जानुपर्ने भन्नेमा केन्द्रित छ।

महामन्त्री थापा र शर्मा मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन् भने सभापति देउवा पक्ष भने तयारी नपुगेको भन्दै आगामी वैशाखमा गर्ने सोचमा छ।

यता, विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियान चलाएका छन्। अभियानका संयोजक नेता गुरूराज घिमिरेका अनुसार ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरिसकेका छन्। ती हस्ताक्षरहरू आजै पार्टी केन्द्रीय कार्यालयमा बुझाइने तयारी छ।

हालै जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पतीमाथि घरमै आक्रमण भएपछि उनी सार्वजनिक रूपमा नदेखिएका हुन्। तर, प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार देउवा आज दिउँसो १ बजे बस्ने बैठकमा सहभागी हुनेछन्।

देउवाले सभापतिमा निरन्तरता दिने कि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिने भन्ने विषय अझै टुंगो लागेको छैन।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...