News Portal

महराको भनाइ– “सुन तस्करीमा मेरो कुनै संलग्नता छैन”

२६७ पटक

काठमाडौं, असोज २८ – पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन्। काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उनको इन्कारी बयान उल्लेख गरिएको छ।

महराले चिनियाँ नागरिक दाओजिन वाङसँगको आफ्नो सम्बन्ध सामान्य चिनजानमा मात्रै सीमित रहेको बताएका छन्। उनका अनुसार, वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएका बेला मात्र चिनेका थिए। “उनी फलफूल व्यापारी हुन् भनेर मात्रै चिनेको हुँ, उनको अन्य व्यापारबारे मलाई कुनै जानकारी छैन,” महराको भनाइ अभियोगपत्रमा उद्धृत छ।

उनले वाङसँग कुनै पनि प्रकारको साझेदारी नभएको र त्यस व्यवसायमा आफ्नो लगानी पनि नरहेको प्रष्ट पारेका छन्।

२०७९ साल पुस १० गते दुबईबाट आएका चिनियाँ यात्रु लि हान्सोङले ल्याएको ७३० थान इलेक्ट्रोनिक सिगरेट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको थियो। सो घटना भएपछि वाङले फोन गरी जानकारी दिएका थिए भन्ने कुरा महराले स्वीकारेका छन्।

महराका अनुसार, उनले त्यसबेला प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसँग सम्पर्क गरेर “सामान वैध हो कि अवैध हो, यदि वैध हो भने कानुन अनुसार के गर्न मिल्छ, हेरी दिनुहोस्” मात्रै भनेका थिए।

“म राजनीतिक व्यक्ति भएकाले धेरै जनासँग भेटघाट र फोनमा कुरा हुने गर्छ। सबै कुरा सम्झनु सम्भव हुँदैन,” उनले बयानमा भनेका छन्।

महराले भेपभित्र लुकाइएको सुनको अवैध कारोबारबारे आफूलाई कुनै जानकारी नभएको र त्यसमा आफू वा आफ्नो परिवारका सदस्यको कुनै संलग्नता नभएको स्पष्ट पारेका छन्।

“अवैध सुन कारोबारमा मेरो कुनै लगानी छैन र मैले कसैलाई राजनीतिक संरक्षण पनि दिएको छैन,” उनका बयानमा उल्लेख छ।

 

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...