News Portal

  • तेन्जेन दावा पक्राउ: जेनजी आन्दोलनको होइन, पुरानो भिडियो भएको खुलासा

    १७९ पटक

    काठमाडौं, असोज २७ – काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियोको बारेमा प्रहरी अनुसन्धानले नयाँ तथ्य सार्वजनिक गरेको छ। उक्त भिडियो हालको जेनजी आन्दोलनको समयमा नभई करिब एक वर्ष पुरानो रहेको पाइएको छ। साथै, भिडियोमा देखिएको पेस्तोल नक्कली रहेको पुष्टि भएको छ।

    प्रहरीका अनुसार, भिडियोमा देखिएका व्यक्ति ३० वर्षीय तेन्जेन दावा हुन्। उनले सामाजिक सञ्जालमा ध्यान खिच्नका लागि नक्कली पेस्तोल देखाउँदै भिडियो खिचेको बयान दिएका छन्। सो भिडियो तेन्जेन एडी नामको टिकटक खाताबाट सार्वजनिक गरिएको थियो।

    तेन्जेनले लगाएको “टीओबी” लेखिएको कालो ज्याकेटका कारण भिडियो जेनजी आन्दोलनसँग जोडिएको भन्ने भ्रम फैलिएको थियो। तर, अनुसन्धानपछि प्रहरी अधिकारीले स्पष्ट पारेका छन्, “उक्त भिडियो जेनजी आन्दोलनको समयको होइन, पुरानो हो। पेस्तोल पनि नक्कली नै फेला परेको छ।”

    तेन्जेनको बयानअनुसार, उनले भिडियो मनोरञ्जनका लागि बनाएका थिए। तर सामाजिक सञ्जालमा भाइरल भएपछि समाजमा आतंक फैलिएको थियो। उनले उक्त पेस्तोल नक्कली रहेको प्रमाण प्रहरीलाई देखाएका छन्।

    तेन्जेन हाल कपनको पैयुँटारमा बस्ने ट्याटु आर्टिस्ट हुन्। उनका पूर्खा तिब्बतबाट नेपाल आएका थिए, र उनी फ्रि तिब्बतका सामान्य समर्थक मात्र भएको प्रहरीको भनाइ छ।

    प्रहरीले उनको कोठामा खोजतलास गर्दा भारतीय सेनाको ड्रेसमा उनका दिवंगत पिताको तस्बिर फेला परेको जनाएको छ। हालसम्म कुनै आपराधिक गतिविधिको प्रमाण नदेखिए पनि, सामाजिक सञ्जालमा भ्रम फैलाउने र अभद्र व्यवहार गरेको आरोपमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरी स्रोतका अनुसार, “हाल उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद लिइरहेका छौं। आवश्यक परेमा अन्य कानुनी कारबाही अघि बढाइनेछ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...

    प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

    काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको...

    राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

    काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने...