News Portal

तेन्जेन दावा पक्राउ: जेनजी आन्दोलनको होइन, पुरानो भिडियो भएको खुलासा

३३० पटक

काठमाडौं, असोज २७ – काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियोको बारेमा प्रहरी अनुसन्धानले नयाँ तथ्य सार्वजनिक गरेको छ। उक्त भिडियो हालको जेनजी आन्दोलनको समयमा नभई करिब एक वर्ष पुरानो रहेको पाइएको छ। साथै, भिडियोमा देखिएको पेस्तोल नक्कली रहेको पुष्टि भएको छ।

प्रहरीका अनुसार, भिडियोमा देखिएका व्यक्ति ३० वर्षीय तेन्जेन दावा हुन्। उनले सामाजिक सञ्जालमा ध्यान खिच्नका लागि नक्कली पेस्तोल देखाउँदै भिडियो खिचेको बयान दिएका छन्। सो भिडियो तेन्जेन एडी नामको टिकटक खाताबाट सार्वजनिक गरिएको थियो।

तेन्जेनले लगाएको “टीओबी” लेखिएको कालो ज्याकेटका कारण भिडियो जेनजी आन्दोलनसँग जोडिएको भन्ने भ्रम फैलिएको थियो। तर, अनुसन्धानपछि प्रहरी अधिकारीले स्पष्ट पारेका छन्, “उक्त भिडियो जेनजी आन्दोलनको समयको होइन, पुरानो हो। पेस्तोल पनि नक्कली नै फेला परेको छ।”

तेन्जेनको बयानअनुसार, उनले भिडियो मनोरञ्जनका लागि बनाएका थिए। तर सामाजिक सञ्जालमा भाइरल भएपछि समाजमा आतंक फैलिएको थियो। उनले उक्त पेस्तोल नक्कली रहेको प्रमाण प्रहरीलाई देखाएका छन्।

तेन्जेन हाल कपनको पैयुँटारमा बस्ने ट्याटु आर्टिस्ट हुन्। उनका पूर्खा तिब्बतबाट नेपाल आएका थिए, र उनी फ्रि तिब्बतका सामान्य समर्थक मात्र भएको प्रहरीको भनाइ छ।

प्रहरीले उनको कोठामा खोजतलास गर्दा भारतीय सेनाको ड्रेसमा उनका दिवंगत पिताको तस्बिर फेला परेको जनाएको छ। हालसम्म कुनै आपराधिक गतिविधिको प्रमाण नदेखिए पनि, सामाजिक सञ्जालमा भ्रम फैलाउने र अभद्र व्यवहार गरेको आरोपमा उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार, “हाल उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद लिइरहेका छौं। आवश्यक परेमा अन्य कानुनी कारबाही अघि बढाइनेछ।”

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...