News Portal

महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

१८० पटक

काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी युवाहरुलाई दिएको सन्देशप्रति समर्थन जनाएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले पुनले युवाहरुलाई गुटबन्दी र खुट्टा तानातानबाट टाढा रहि राष्ट्रिय हितमा एकजुट हुन गरेको आग्रह सराहनीय भएको बताए। उनले राष्ट्र निर्माणका लागि सबै नेपाली, विशेषगरी युवापुस्ताले गुटबन्दीभन्दा माथि उठ्नुपर्नेमा जोड दिए।

बस्नेतका अनुसार, “एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो हो।” उनले राजनीतिक दल र सबै उमेर समूहका नागरिकले आत्मसात गर्नुपर्ने विषयमा जोड दिँदै इतिहास दोहोर्याउन नदिन चेतावनी पनि दिए।

उनले थपे, “पञ्चायती व्यवस्था चालबाजी र गुटबन्दीले ढल्यो। २०४६ देखि २०८२ सम्मको इतिहासले स्पष्ट देखाउँछ— जब दलहरू स्वार्थमा फस्छन्, जनता र युवा सडकमा आउँछन्। जेनजी पुस्ताले अब त्यही गल्ती दोहोर्याउन हुँदैन।”

बस्नेतले देशलाई विदेशी रणभूमि बन्न नदिन र विकृति, विसंगति हटाई मुलुक निर्माणको संकल्प गर्न सबैलाई आह्वान गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...