News Portal

प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

१५५ पटक

काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टाभित्र निर्णय गर्ने भएको छ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको थियो। प्रहरीले जाहेरीको फोटोकपी मात्र राखेर अध्ययन गरी २४ घण्टाभित्र दर्ता गर्ने वा नगर्ने जवाफ दिने जानकारी दिएको छ। अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले भने, “यदि २४ घण्टाभित्र जाहेरी दर्ता भएन भने हामी थप कदम चाल्नेछौं।”

जाहेरीमा सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसीसम्बन्धी विषय समावेश गरिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिइएको जाहेरी पनि प्रहरीको जाँचबुझ आयोगमा पठाइएको थियो।

भदौ २३ गते भएको घटनालाई मानवताविरुद्धको अपराध मानेर जेनजी आन्दोलनका मृतक परिवारले पनि प्रहरीमा जाहेरी दिएका थिए।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...