News Portal

जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

३१८ पटक

काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र कानुनी विवाद अझै बढ्दै गएको छ। मृतकका पक्षमा उत्रिएका जेनजी समूहका प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका नेतामाथि कानुनी कारबाही गर्न माग गर्दै आन्दोलन तीव्र बनाएका छन्।

सोमबार साँझ ‘हामी नेपालका’ समूहका संयोजक सुदन गुरुङ नेतृत्वको टोलीले जाहेरी दर्ताका लागि काठमाडौं जिल्ला प्रहरी परिसर पुगे पनि प्रहरीले सो जाहेरी नलिएको बताइएको छ।

यो घटनापछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति नै बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्याल र चारै सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक बैठक बोलाएर अवस्थाको समीक्षा गरेकी थिइन्। बैठकमा गृहमन्त्री अर्यालले तत्काल कदम चाल्नुपर्नेमा जोड दिँदै प्रहरी अधिकारीलाई सोधे, “मंगलबार नै पक्राउ गर्न सकिँदैन?” तर प्रहरी अधिकारीहरूले तत्काल स्पष्ट प्रतिक्रिया दिएका थिएनन्।

यसैबीच, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्रीसँगको भेटमा आन्दोलनका क्रममा गोली चलाउने जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।

सुरक्षा निकायका स्रोतका अनुसार देशको शान्ति र स्थिरता ध्यानमा राख्दै संयमित निर्णय लिनुपर्ने सुझाव दिइएको छ। घटनाको पूर्ण सत्यतथ्य बुझ्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन आयोगको प्रतिवेदन कुर्ने कि तत्काल कदम चाल्ने भन्ने विषयमा सरकारभित्र अन्तिम निर्णय अझै भएको छैन।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...