News Portal

प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

३०३ पटक

काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका साथ भाग लिने बताएका छन्।

सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, “घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै दलले निर्वाचनमा सहभागी हुनुपर्छ। हाम्रो पार्टी यसमा पूर्ण रूपमा सक्रिय रहनेछ।”

उनले चुनावको तयारीका लागि अन्य दलहरूसँग पनि संवाद भइरहेको जानकारी दिएका छन्। “अन्य दलहरूसँग कुराकानी भइरहेको छ, केही समयपछि यसको नतिजा देखिनेछ,” प्रचण्डले थपे।

बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्‍याएको क्षति र आगामी कामबारे छलफल भएको थियो। उनले भने, “विपद्का कारण कहाँ-कहाँ क्षति भयो भन्ने विवरण संकलन गरिएको छ र अब के गर्नुपर्छ भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गरिसकेको छ।”

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...