
काठमाडौं, असोज २० – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका साथ भाग लिने बताएका छन्।
सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, “घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै दलले निर्वाचनमा सहभागी हुनुपर्छ। हाम्रो पार्टी यसमा पूर्ण रूपमा सक्रिय रहनेछ।”
उनले चुनावको तयारीका लागि अन्य दलहरूसँग पनि संवाद भइरहेको जानकारी दिएका छन्। “अन्य दलहरूसँग कुराकानी भइरहेको छ, केही समयपछि यसको नतिजा देखिनेछ,” प्रचण्डले थपे।
बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र आगामी कामबारे छलफल भएको थियो। उनले भने, “विपद्का कारण कहाँ-कहाँ क्षति भयो भन्ने विवरण संकलन गरिएको छ र अब के गर्नुपर्छ भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गरिसकेको छ।”
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
