News Portal

ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

२१८ पटक

काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमा ह्याशट्याग अभियान थालेका छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै #ArrestKPOli, #ArrestRameshLekhak र #ArrestMurderers जस्ता ह्याशट्याग प्रयोग गरेका छन्।

गुरुङले शेयर गरेको पोस्टरमा ‘हत्यारा केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर’ भन्ने नारा लेखिएको छ। साथै, ‘हत्यारालाई पक्राउ गर, नत्र देश आफैं एक्सन लिन बाध्य हुनेछ’ भन्ने चेतावनी पनि उल्लेख गरिएको छ।

उनको पोस्ट सार्वजनिक भएपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यस अभियानलाई समर्थन जनाउँदै साझा गर्दै आएका छन्। यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’का क्रममा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले पनि यस्तै ह्याशट्याग अभियान चलाएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...