News Portal

ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

३४७ पटक

काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमा ह्याशट्याग अभियान थालेका छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै #ArrestKPOli, #ArrestRameshLekhak र #ArrestMurderers जस्ता ह्याशट्याग प्रयोग गरेका छन्।

गुरुङले शेयर गरेको पोस्टरमा ‘हत्यारा केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर’ भन्ने नारा लेखिएको छ। साथै, ‘हत्यारालाई पक्राउ गर, नत्र देश आफैं एक्सन लिन बाध्य हुनेछ’ भन्ने चेतावनी पनि उल्लेख गरिएको छ।

उनको पोस्ट सार्वजनिक भएपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यस अभियानलाई समर्थन जनाउँदै साझा गर्दै आएका छन्। यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’का क्रममा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले पनि यस्तै ह्याशट्याग अभियान चलाएका थिए।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...