News Portal

गृहकार्य नगर्दा विद्यार्थीलाई शौचालय सफा गर्ने सजाय

हिमाली संचार संवाददाता
५६६ पटक

जनकपुर – विद्यार्थीले गृहकार्य नगर्दा धनुषामा एक निजी विद्यालयका शिक्षकले विद्यार्थीहरुलाई शौचालय सफा गर्न लगाएको घटना सार्वजनिक भएको छ ।

धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर–२ स्थित सनसाइन इंंग्लिस बोर्डिङ्ग स्कूलका एक शिक्षकले विद्यार्थीहरुले पुरै गृहकार्य नगरेपछि कक्षाबाट निकालेर शौचालय सफा गराएका हुन् ।

विद्यालयका अङ्ग्रेजी विषयका शिक्षक फ्रयांकीले दिएको गृहकार्य गरेर नआएपछि कक्षा ५ मा अध्ययनरत तीनजना विद्यार्थीलाई शौचालय सफा गर्न लगाएको पीडित विद्यार्थी बसन्त कुमार सिंहले बताए ।

के हो घटना ?

गत बुधवार अंग्रेजी शिक्षक फ्रयांकीले ५ वटा होमवर्क दिएका थिए । त्यसमध्ये वसन्त सिंहले ४ वटा होमवर्क गरेका थिए ।

यसअघि विद्यार्थीहरु होमवर्क नगर्दा शिक्षकले केही बेर उभ्याएर एक एक लठी पिटदै बस्न लगाउँदै आएको विद्यार्थी वसन्तले बताए ।

तर बुधवार भने वसन्त सँगै कक्षा ५ मा अध्ययनरत शत्रुधन साह, सुदन शर्मालाई समेत सो कक्षा अवधिभर शौचालय सफा गर्न लगाएको गुनासो पोखे ।

गुनासो गर्दा अभिभावलाई उल्टै हप्काएर पठाए

वटेश्वर गाउँपालिका वडा नं. १ बस्ने विन्देशवर महतोललाई छोरा वस्नतले विद्यालयबाट फर्केपछि शिक्षकले एउटा होमवर्क छुटेपछि शौचालय सफा गराएको कुरा रुदैँ सुनाए ।

छोराको कुरा सुनेपछि आक्रोशित बनेका विन्देश्वरले विद्यालय पुगेर गुनासो पोख्दा उल्टै हप्काएको दाबी गरे । उनले भने, ‘अंग्रेजी शिक्षकसँग मिलेर प्रधानअध्यापकले मलाई धक्का दिए । जे गर्नु सक्छौ गर भने ।’

शिक्षकले अमानवीय व्यवहार गरेको भन्दै न्ययायका लागि गुहार लगाउँदै गाउँपालिकाको न्यायीक समिती र गाउँपालिका स्थित प्रहरी कार्यालयमा बिहीवार निवेदन दिइएको छ ।

स्कूलका प्रिन्सिपल सर्वेस यादवले भने आफुले दुर्व्यवहार नगरेको र विद्यार्थीलाई समान्य सजाय दिएको बताउँदै आफुमाथि लगाइएको आरोप गलत रहेको दावी गरे ।

यता विन्देश्वर महतोले राष्ट्रिय मानवअधिकार आयोग जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला शिक्षा ईकाई कार्यालय धनुषा लगायत सरोकारवालमा पनि उजुरी दिने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...