News Portal

एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

१६१ पटक

काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ। तर, बैठक बस्ने स्थान अहिलेसम्म सुनिश्चित भएको छैन।

भदौ २४ गतेको आन्दोलनका क्रममा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आगलागी हुँदा उक्त भवनमा बैठक बस्न असम्भव भएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिनुभयो, “भवन क्षतविक्षत भएकोले बैठकको लागि नयाँ स्थान खोज्दैछौं। दसैँ बिदा सकिएपछि उपयुक्त स्थल तय गरिनेछ।”

यसअघि असोज १९ र २० गते तोकिएको केन्द्रीय सचिवालय बैठकलाई असोज २४ गते सारिएको छ। सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने तयारी गर्दैछ।

एमालेमा झन्डै ३५५ जना केन्द्रीय सदस्य रहेका छन्। जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दो भए पनि उनले सहजै पद त्याग्ने संकेत दिएका छैनन्। पार्टीभित्र अध्यक्षलाई नेतृत्व छोड्न र पार्टी पुनर्गठन गर्नुपर्ने माग बढ्दै गएको छ। तर एमाले नेताहरूका अनुसार ओली महाधिवेशनको माध्यमबाट फेरि अध्यक्ष बन्ने तयारीमा रहेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...