News Portal

देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

१८६ पटक

काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको छ। कतिपय मार्ग पूर्णरूपमा बन्द छन् भने केही ठाउँमा सवारी एकतर्फी सञ्चालनमा छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी लोकमार्गको जवाङखोलामा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। नारायणगढ–मुग्लिन सडक पनि पहिरोको असरमा परेको भए पनि हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

काभ्रेको बीपी राजमार्ग र अरनिको राजमार्गमा दुवैतर्फको सवारी सञ्चालन अनिश्चितकालका लागि रोकिएको छ। त्यस्तै रसुवाको पासाङ ल्हामु राजमार्ग पनि अवरुद्ध छ।

पूर्वका क्षेत्रहरूमा समेत ठूला क्षति भएका छन्। सङ्खुवासभाको वरुणखोला, खाँदबारी–किमाथाङ्का र थुमसुर जाने कोशी राजमार्गमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ।

त्यसैगरी, ओखलढुङ्गाको सिद्धीचरण लोकमार्ग र मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल–हुमाने–काठमाडौं सडक समेत बन्द छन्। कान्तिलोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक पनि अवरुद्ध अवस्थामा छन्।

सिन्धुलीको सिन्दुरे दोभानमा मदन भण्डारी राजमार्ग र कोशी लोकमार्गअन्तर्गत साँघुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवाको बाटो पनि बन्द भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...