News Portal

देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

३१६ पटक

काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको छ। कतिपय मार्ग पूर्णरूपमा बन्द छन् भने केही ठाउँमा सवारी एकतर्फी सञ्चालनमा छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी लोकमार्गको जवाङखोलामा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। नारायणगढ–मुग्लिन सडक पनि पहिरोको असरमा परेको भए पनि हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

काभ्रेको बीपी राजमार्ग र अरनिको राजमार्गमा दुवैतर्फको सवारी सञ्चालन अनिश्चितकालका लागि रोकिएको छ। त्यस्तै रसुवाको पासाङ ल्हामु राजमार्ग पनि अवरुद्ध छ।

पूर्वका क्षेत्रहरूमा समेत ठूला क्षति भएका छन्। सङ्खुवासभाको वरुणखोला, खाँदबारी–किमाथाङ्का र थुमसुर जाने कोशी राजमार्गमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ।

त्यसैगरी, ओखलढुङ्गाको सिद्धीचरण लोकमार्ग र मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल–हुमाने–काठमाडौं सडक समेत बन्द छन्। कान्तिलोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक पनि अवरुद्ध अवस्थामा छन्।

सिन्धुलीको सिन्दुरे दोभानमा मदन भण्डारी राजमार्ग र कोशी लोकमार्गअन्तर्गत साँघुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवाको बाटो पनि बन्द भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...