News Portal

जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

२२१ पटक

काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा गोली र अश्रुग्याँस प्रयोग गरेको आन्तरिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार करिब ४ हजार जङ्गी राउन्ड, २५ सय भन्दा बढी रबर बुलेट र ८ हजार सेल अश्रुग्याँस प्रदर्शन नियन्त्रणका लागि प्रहार गरिएको थियो।

काठमाडौँ उपत्यकामा मात्रै ४ हजार सेल अश्रुग्याँस प्रहार भएको र बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रमा विशेष ध्यान दिइएको प्रतिवेदनमा उल्लेख छ। प्रहरीका अनुसार प्रदर्शन नियन्त्रणका लागि ब्ल्यांक राउन्ड २५ सय भन्दा बढी प्रयोग गरिएको थियो, जसले आवाज मात्र निकाल्छ।

प्रहरी प्रधान कार्यालयको समितिले लुटिएका हतियार र खर्च भएका राउन्डको विवरण तयार गरेको थियो। अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मीको नेतृत्वमा तयार भएको प्रतिवेदन आईजीपी चन्द्र कुवेर खापुङलाई बुझाइएको छ।

प्रतिवेदन अनुसार मधेस प्रदेशमा करिब ६ सय सेल अश्रुग्याँस प्रयोग गरिएको थियो भने प्रहरी कर्मचारीहरूले करिब १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरेका थिए।

यस रिपोर्टले प्रदर्शन नियन्त्रणका क्रममा प्रयोग भएका गोली र अश्रुग्याँसको तथ्यांक सार्वजनिक गर्दै आगामी सुरक्षा र अन्वेषणमा मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...