News Portal

पूर्वराजा ज्ञानेन्द्रले यसपालि टीका नलगाइदिने

३२२ पटक

काठमाडौं, असोज १२ – राष्ट्र शोक र विध्वंशको अवस्थामै रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने घोषणा गरेका छन्।

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले दशैंलाई परिवार र सांस्कृतिक परम्परामा मात्र सीमित गरेर मनाउनुपर्ने अवस्था आएको उल्लेख गरेका छन्। उनले विगतमा जस्तै यो वर्ष पनि बृहत रूपमा टीका–जमरा प्रदान गर्न नसकिने स्पष्ट पारेका छन्।

“देश चरम संकट र पीडामा छ। यस्तो समयमा हामी बाध्यतावश यस पर्वलाई सीमित ढंगले मात्र मनाउनुपर्छ,” शाहले भनेका छन्।

पूर्वराजाले नेपालीहरूलाई भू–राजनीतिक घेराबन्दीमा नफसी अखण्ड नेपालको पुनर्निर्माणमा लाग्न पनि आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...