News Portal

  • राजदूत लक्की जोगाउन नेकपाभित्र ‘अनलक्की’ प्रयत्न !

    हिमाली संचार संवाददाता
    ६०९ पटक

    काठमाडौं : भाग्यवस् अस्ट्रेलियाको राजदूत हुने मौका पाएकी लक्की शेर्पा कार्यकालको अन्तिम समयतिर कलंकित भएकी छन् । उनलाई मानव तस्करीको आरोप लागेको छ । जसको छानबिनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताइसकेका छन् । तर मन्त्री ज्ञवाली पनि अहिले दबाबमा छन् । दुर्भाग्यवस् लक्कीलाई जोगाउनका लागि नेकपाभित्रको माओवादी खेमाले सरकारलाई दबाब दिन थालेको छ । यसैकारण परराष्ट्र मन्त्रालयको प्रशासनसंयन्त्रले लक्कीबारेको कारबाही प्रक्रियामा सूचना दिन मान्दैन ।

    दैनिक नेपालले लक्की शेर्पालाई फिर्ता बोलाउनेबारे परराष्ट्र मन्त्रालयले कस्तो प्रशासनिक कारबाही अघि बढाएको छ ? भनी प्रवक्ता भरतराज पौड्याललाई सोधेको थियो । उनले भने,‘जति मन्त्री ज्यूले भन्नुभएको छ त्यति प्रगति भयो । बाँकी प्रशासनिक विषयमा मलाई जानकारी छैन, प्रशासकीय प्रमूखलाई सोध्नुहोला ।’

    उनले मन्त्रालयको प्रशासकीय अधिकारीको ४२००१८२ नम्बरको फोन नम्बर दिएर सहजीकरण गरे । तर, प्रशासकीय प्रमूख सम्पर्कमा आएनन् । उनका सहयोगीले मोबाइल नम्बर दिन नमिल्ने र केही भन्न पनि नमिल्ने बताउँदै प्रवक्तालाई नै सोध्न भने । ‘प्रशासकीय अधिकारीलाई प्रवक्ताले जिम्मा लगाउनुभयो, उहाँलाई सोधेको’, दैनिक नेपालको प्रत्युुत्तरमा ति कर्मचारीले भने,‘दिन मिल्दैन, साँझविहान फोन गर्नुुुहोला !’

    मन्त्रिपरिगषद्ले लक्की शेर्पामाथि लागेको आरोपका आधारमा कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खेमाले उनलाई कारबाही गर्न नहुने दबाब दिएको स्रोतले बतायो । ‘यो विषयलाई अहिले अनुसन्धानको दायरामा थाँती राखी केही समयमा उनलाई सामान्य हिसाबले बोलाउन नेकपामा दबाब छ’, एक नेताले भने ।

    प्रचण्ड खेमा किन जोगाउन चहान्छ ?
    तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्ट्रेलियामा मुद्दा चलाउने चर्चा भएपछि उनको भ्रमण रोकियो । सोही समयमा कांग्रेससँगको गठजोडमा सत्ता हेरफेर गर्नुपर्ने थियो । कांग्रेस सभापति शेरबहादुुर देउवालाई समर्थन गरी बनाएको सरकारमा माओवादीले उक्त ‘इगो’ समाप्त पार्ने जुक्तिसहित राजदूतमा फेला पारेको थियो– लक्की शेर्पा !

    उनलाई अस्ट्रेलिया पठाउनु तत्कालिन माओवादीका लागि दुईवटा स्वार्थ थिए । पहिलो, प्रचण्डविरुद्ध मुद्दा लगाउने कांग्रेसीलाई दनक देखाउनु, अर्को प्रचण्डको अस्ट्रेलिया भ्रमणको तारतम्य मिलाउनू । लक्की दुवै काममा असफल भइन् । तर आफ्नै कार्यकालको उत्तरार्धतिर अनलक्की पनि ।

    अहिले नेकपाभित्रको खेमाले उनलाई जोगाउनका लागि दबाब दिनु स्वभाविक पनि देखिन्छ । किनभने उनी माओवादीकी सदस्य पनि हुन् । उनले विभिन्न समयमा माओवादीलाई सहयोग गरेकी थिइन् । उनी तत्कालिन माओवादीकी केन्द्रीय सदस्य पनि हुन् । त्यसअघि तत्कालिन एमालेमा आवद्ध थिइन् ।
    दुवै पार्टीको एकीकरण भएपछि लक्कीले ठानेकी थिइन्, लक्की चार्म आइलाग्यो । तर, उनलाई दुईतिहाई बहुमतको यहि सरकारले कारबाही गर्नसक्ने भएपछि त्यसभित्रको माओवादी गुहार्न थालिन् । जसका कारण उनीमाथिको कारबाही प्रक्रिया रोक्नका लागि दुर्भाग्यपूर्ण प्रयत्न जारी छन् ।

    के हो आरोप ?
    आफ्नो चालक बनाई अस्ट्रेलिया लगेका वाङछु शेर्पाले राजदुत लक्र्की र उनका पति वाङछु नमाङसोनाम शेर्पाले पैसा लिएको आरोप लगाए । त्यसपछि अस्ट्रेलियामा रहेको नेपाली दुतावासले विज्ञप्ती जारी गर्दै वाङछु शेर्पा बहुमुल्य सामानहरु चोरी गरेर भागेको उल्टो आरोप ठोकिदियो ।

    वाङछु शेर्पालाई अस्ट्रेलियाको प्रहरीले दुतावासबाट उद्धार गरेको थियो । वाङछु शेर्पाले प्रहरीलाई दिएको निवेदन सार्वजनिक गरेका छन् । कुटनीतिक समस्याका कारणले अस्ट्रेलिया सरकारले लक्कीमाथि चार्ज गर्न सकेन र वाङ्छुको उद्दार गरिदियो । वाङछुले अस्ट्रेलिया जाँदा ३३ लाख ५० हजार राजदुत र उनका पतिलाई दिएका थिए । जसमध्ये १० लाख रुपैया बराबरको त सुन्दरीजलमा रहेको लक्की शेर्पाकोे दुई रोपनी जग्गामा पर्खाल लगाएको तथ्य बाहिर ल्याइयो ।

    ६४ लाख रुपैया दिएर वाङछुपत्नी फुलमु शेर्पालाई पनि अस्ट्रेलिया लग्ने भनी लक्कीपति नमाङ सोनामबीच लेनदेनको कागज पनि बाहिर आयो । राजदुत लक्की शेर्पाले काम गर्ने व्यक्ति आवश्यक भएकाले फुलमु शेर्पालाई अस्ट्रेलिया ल्याउन परराष्ट्र सचिवलाई पत्र समेत लेखेकी थिइन् ।

    कांग्रेसको ‘कत्थक’
    लक्की प्रकरणमा मुख्य प्रतिपक्षी दलका नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा कत्थक नृत्य देखायो । उसले लक्की शेर्पालाई कारबाहीका लागि सरकारसँग माग गरेको छ । जबकी, कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारले नै लक्कीको सिफारिस गरी अस्ट्रेलिया सरकारसँग एग्रिमो मागेको थियो ।

    ‘राजनीतिमा मिलुन्जेल जे पनि सही हुने र आफु सत्तामा नरहँदा राजीनामा वा कारबाही माग्ने त चलन नै हो’, स्रोतले भन्यो,‘हिजो एमालेलाई धोका दिएको भनी उसले लक्कीको विरोध गरेको थियो, आज कांग्रेसले गरेको छ नयाँ कुरा होइन ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...