News Portal

  • कुवेतका नेपालीहरुले मनाए लुम्बिनी दिवस !

    हिमाली संचार संवाददाता
    ५१९ पटक

    माधब शाही
    कुवेत : कुवेतमा लुम्बिनी दिवस मनाईएको  छ ।लुम्बिनी समाज नेपाल – कुवेतको आयोजनामा आज कुवेतको मुर्गाब स्थित गुल्सन रेष्टुरेन्टमा एक कार्यक्रमका साथ १०८ वटा दिप प्रज्वलन गरी मनाईएको हो  ।

    लुम्बिनी समाज नेपाल -कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम सेवासमाज नेपाल कुवेतका अध्यक्ष अम्मर खड्का , लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल ,चर्चित लोक गायक तथा समाज सेवी माधब शर्मा , फोटो पत्रकार प्रसाद तिमिल्सिना , आरडी क्रेसन संचालक बिजय धामी , अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपाने , डिसी नेपाल डट कमका प्रतिनिधि माधब शाही अतिथी रहेका थिए भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रम संचालन राज मल्लले गरेका थिए भने  अतिथी हरुलाई समाजका महासहिब नेत्र पेमे मगरले मन्तब्य द्वारा स्वागत गरेका थिए ।संस्थाका संरक्षक तथा पत्रकार नवराज पन्थीले लुम्बिनी दिबस मनाउनुको कारण प्रस्ट्याएका थिए । नेपाली राष्ट्रिय गीतको धुन संगै कार्यक्रमको सुरुवात गरियको थियो ।

    कार्यक्रम सभापती तथा अतिथीहरुले सामुहिक रुपमा १०८ वटा दिप प्रज्वलन गरी विश्व शान्तिको कामना गरियको थियो ।

    सुदुरपश्चिम सेवा समाज नेपाल कुवेतका अध्यक्ष अम्मर खड्का , लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्षमाधब पौडेल , चर्चित लोक गायक तथा समाज सेवी माधब शर्मा , फोटो पत्रकार प्रसाद तिमिल्सिना, आरडी क्रेसनसंचालक बिजय धामी , अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष , डिसी नेपाल डट कमका प्रतिनिधि माधब शाही , खुम रायमाझी , निरु  माया , लुम्बिनी समाज कुवेतका अध्यक्ष तथा संरक्षक एच पी खत्री , अशोकअस्ती , गोपाल कँडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    शुभकामना मतब्य सँगै माधब पौडेल, अम्मर खड्का , प्रसाद तिमिल्सिना, गोपाल कँडेलले शाहित्य वाचन गरेका थिए ।

    बक्ताहरुले विदेशमा भए पनि लुम्बिनी दिवस मनाउन पाउँदा आयोजक प्रती आभार प्रकट गर्नुका साथै लुम्बिनी समाज नेपाल कुवेतले कुवेतको नेपाली समाज तथा नेपालको बिभिन्न स्थानमा गरेको सहयोग तथा मानबिय कामहरुको प्रसंसा गरेका थिए। लुम्बिनीलाई बचाई राख्नु पर्ने तथा बिश्व भरी चिनाउन हामी सबैको कर्तब्य भयको बताएका थिए ।

    कार्यक्रम सभापती रुपेन्द्र बिक्रम हमालले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापन भएको घोषणा गरीएको थियो  ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २७ गतेको राशिफल

    आज असोज २७, २०८२ (अक्टोबर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    कुवेतमा घरेलु कामदारको नाममा फस्टाउँदै मानव बेचबिखन, नेपाली दुतावास मौन !

    हिमालीसंचार कुवेत। नेपालमा पर्याप्त रोजगारी नपाएपछि वैदेशिक रोजगारमा जान बाध्य हुन्छन्। वैदेशिक रोजगारमा अहिले पछिल्लो...

    टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

    काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि...

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...