News Portal

कुवेतका नेपालीहरुले मनाए लुम्बिनी दिवस !

हिमाली संचार संवाददाता
६०५ पटक

माधब शाही
कुवेत : कुवेतमा लुम्बिनी दिवस मनाईएको  छ ।लुम्बिनी समाज नेपाल – कुवेतको आयोजनामा आज कुवेतको मुर्गाब स्थित गुल्सन रेष्टुरेन्टमा एक कार्यक्रमका साथ १०८ वटा दिप प्रज्वलन गरी मनाईएको हो  ।

लुम्बिनी समाज नेपाल -कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम सेवासमाज नेपाल कुवेतका अध्यक्ष अम्मर खड्का , लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल ,चर्चित लोक गायक तथा समाज सेवी माधब शर्मा , फोटो पत्रकार प्रसाद तिमिल्सिना , आरडी क्रेसन संचालक बिजय धामी , अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपाने , डिसी नेपाल डट कमका प्रतिनिधि माधब शाही अतिथी रहेका थिए भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन राज मल्लले गरेका थिए भने  अतिथी हरुलाई समाजका महासहिब नेत्र पेमे मगरले मन्तब्य द्वारा स्वागत गरेका थिए ।संस्थाका संरक्षक तथा पत्रकार नवराज पन्थीले लुम्बिनी दिबस मनाउनुको कारण प्रस्ट्याएका थिए । नेपाली राष्ट्रिय गीतको धुन संगै कार्यक्रमको सुरुवात गरियको थियो ।

कार्यक्रम सभापती तथा अतिथीहरुले सामुहिक रुपमा १०८ वटा दिप प्रज्वलन गरी विश्व शान्तिको कामना गरियको थियो ।

सुदुरपश्चिम सेवा समाज नेपाल कुवेतका अध्यक्ष अम्मर खड्का , लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्षमाधब पौडेल , चर्चित लोक गायक तथा समाज सेवी माधब शर्मा , फोटो पत्रकार प्रसाद तिमिल्सिना, आरडी क्रेसनसंचालक बिजय धामी , अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष , डिसी नेपाल डट कमका प्रतिनिधि माधब शाही , खुम रायमाझी , निरु  माया , लुम्बिनी समाज कुवेतका अध्यक्ष तथा संरक्षक एच पी खत्री , अशोकअस्ती , गोपाल कँडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

शुभकामना मतब्य सँगै माधब पौडेल, अम्मर खड्का , प्रसाद तिमिल्सिना, गोपाल कँडेलले शाहित्य वाचन गरेका थिए ।

बक्ताहरुले विदेशमा भए पनि लुम्बिनी दिवस मनाउन पाउँदा आयोजक प्रती आभार प्रकट गर्नुका साथै लुम्बिनी समाज नेपाल कुवेतले कुवेतको नेपाली समाज तथा नेपालको बिभिन्न स्थानमा गरेको सहयोग तथा मानबिय कामहरुको प्रसंसा गरेका थिए। लुम्बिनीलाई बचाई राख्नु पर्ने तथा बिश्व भरी चिनाउन हामी सबैको कर्तब्य भयको बताएका थिए ।

कार्यक्रम सभापती रुपेन्द्र बिक्रम हमालले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापन भएको घोषणा गरीएको थियो  ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...