News Portal

ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

३०४ पटक

काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्। प्रमुख दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरू अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर रहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा आगो लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा पनि आगजनी भएको छ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको खुमलटार निवासमा तोडफोड भएको छ। मन्त्रीहरूको भैंसेपाटी, परराष्ट्रमन्त्री आरजु देउवाको धनगढी, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठी र ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठ निवासमा आगजनी र तोडफोड भएको छ।

कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित घर, एमाले सचिव रघुविर महासेठ र नेता सुरेन्द्र पाण्डेको निवासमा पनि आगजनी र तोडफोड भएको समाचार छ।

हाल सुरक्षाकर्मीहरूले यी नेताहरुलाई सुरक्षित स्थानमा सारिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...