News Portal

लिपुलेक नेपालकै भूमि हो, सरकार पछि हटेको छैन : प्रवक्ता गुरुङ

२८५ पटक

पोखरा, भदौ ६ – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै अविभाज्य अंग भएको स्पष्ट पारेका छन्। उनले नेपाल सरकार यस विषयमा अडिग रहेको र कतैबाट पछि नहटेको बताए।

पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले भारतले लामो समयदेखि नेपालका भूभाग प्रयोग गर्दै आएको उल्लेख गरे। तर, यो समस्या समाधान गर्ने बाटो कूटनीतिक संवाद नै भएको उनले दोहोर्याए। “दुई देशको व्यापारका नाममा करिडोर वा सडक बनाउन पाइँदैन। यो विषय डिप्लोमेटिक संवादकै स्तरमा समाधान हुन्छ, लडाइँ गरेर होइन,” गुरुङले भने।

हालै भारत र चीनबीच लिपुलेक मार्ग हुँदै व्यापार पुनः सुरु गर्ने सहमति भएपछि विवाद पुनः सतहमा आएको स्मरण गर्दै उनले नेपालले गम्भीर चासो राखेको बताए। यसबारे परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट पठाउनु उपयुक्त हुने सुझावसमेत उनले दिए।

प्रवक्ता गुरुङका अनुसार नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता हुन सक्दैन। सरकारले लिपुलेकलगायतका भूभागमा नेपालको स्वामित्व कायम राख्न निरन्तर प्रयासरत रहेको उनले प्रष्ट पारे।

प्रतिकृया दिनुहोस्

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

आज २०८३ साल वैशाख १ गतेको राशिफल

आज वैशाख १, २०८३ ( अप्रिल १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...