News Portal

सकारात्मक सोचले मात्र देश अगाडि बढ्छ : प्रधानमन्त्री ओली

२६४ पटक

काठमाडौं, भदौ ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका क्रममा नकारात्मक प्रवृत्तिले बाधा पुर्‍याइरहेको भन्दै सबैलाई सकारात्मक दृष्टिकोणसहित अघि बढ्न आग्रह गरेका छन्।

विहीबार साँझ सिस्नुपानी नेपालले प्रस्तुत गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा भएका उपलब्धिहरूको चर्चा भन्दा पनि आलोचना र नकारात्मक टिप्पणी बढी हुने गरेको भन्दै चिन्ता व्यक्त गरे। “हामीकहाँ अलिकति नकारात्मक एटिट्युड बनेको छ। सकारात्मक सोचको विकास गरेर अघि बढ्ने हो भने देश बन्न समय लाग्दैन,” उनले भने।

प्रधानमन्त्री ओलीले आफूमाथि भएका व्यंग्यलाई लिएर पनि टिप्पणी गरे। उनका अनुसार, केही नगर्नेहरूले केही गर्नेप्रति मात्र प्रहार गर्ने प्रवृत्ति छ। “म त झापाको टाढाको कुनाबाट आएको मान्छे, तर पनि कर्णालीका लागि ठोस काम गरेको छु। प्रतिष्पर्धा गर्ने आधार पनि छ,” उनले भने।

ग्याँसको खोजीको उदाहरण प्रस्तुत गर्दै उनले पहिले ‘ग्याँस पाइँदैन’ भन्दै व्यंग्य गर्नेहरूले अहिले ग्याँस भेटिए पनि त्यसबारे बोल्न चाहेनन् भन्ने गुनासो गरे। “विश्वविद्यालय खोलियो, बाटो बन्यो, सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरियो—तर यस्ता कामको चर्चा नै भएन,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

कर्णाली प्रदेशबारे कुरा गर्दै उनले कमजोरीलाई सच्याउँदै अघि बढ्ने हो भने प्रदेशलाई सक्षम बनाउन सकिने बताए। “बन्छ कर्णाली, बनाउनुपर्छ। कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्छ,” प्रधानमन्त्री ओलीले जोड दिए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...