News Portal

  • मधेशमा प्रभावकारी विद्युत् आपूर्तिका लागि मन्त्री खड्काको निर्देशन

    १०५ पटक

    काठमाडौं, भदौ ५ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा प्रभावकारी र व्यवस्थित ढंगले विद्युत् आपूर्ति गर्न सम्बन्धित निकायलाई विशेष निर्देशन दिएका छन्। हालै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेश प्रदेशको अवस्था बुझ्न बिहीबार जनकपुर पुगेका मन्त्री खड्काले विद्युत् वितरण प्रणाली सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।

    मन्त्री खड्काका अनुसार मधेश प्रदेशमा सिँचाइका लागि आवश्यक विद्युत् माग बढ्दो क्रममा छ, तर आपूर्ति व्यवस्थापन भने पर्याप्त छैन। उनले कृषकको खेतीयोग्य जमिनमा आवश्यक परिमाणमा विद्युत् पुर्‍याउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “सिँचाइलाई सहज बनाउन विद्युत् प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने छ, यसका लागि तत्कालीन सुधारका कदम चालिन्छन्।”

    त्यसैगरी उनले मधेश प्रदेशमा विद्युत् चोरी उच्च दरमा भइरहेको भन्दै यसलाई नियन्त्रण नगरेसम्म आपूर्ति प्रभावकारी हुन नसक्ने टिप्पणी गरे। चोरी नियन्त्रणसँगै सुरक्षित र दिगो आपूर्ति सुनिश्चित गर्न सकिने मन्त्रीको भनाइ छ।

    मन्त्री खड्काले पुराना ट्रान्समिसन लाइन र ट्रान्सफर्मरहरू मर्मत गर्न पनि निर्देशन दिए। उनका अनुसार यी संरचना पुराना भएकाले अहिलेको भार थेग्न सक्ने अवस्थामा छैनन्। उनले थपे, “पुराना संरचनाको व्यवस्थापन नगरेसम्म सहज आपूर्ति सम्भव हुँदैन। सुख्खा यामलाई ध्यानमा राख्दै आवश्यक मर्मत गरेर सिँचाइका लागि विद्युत् प्रवाह गर्नुपर्नेछ।”

    सिंचाइ र विद्युत् आपूर्ति मधेश प्रदेशको कृषि उत्पादनसँग प्रत्यक्षरुपमा जोडिएको विषय भएकोले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने मन्त्री खड्काको भनाइ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...