News Portal

मधेशमा प्रभावकारी विद्युत् आपूर्तिका लागि मन्त्री खड्काको निर्देशन

२१२ पटक

काठमाडौं, भदौ ५ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा प्रभावकारी र व्यवस्थित ढंगले विद्युत् आपूर्ति गर्न सम्बन्धित निकायलाई विशेष निर्देशन दिएका छन्। हालै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेश प्रदेशको अवस्था बुझ्न बिहीबार जनकपुर पुगेका मन्त्री खड्काले विद्युत् वितरण प्रणाली सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।

मन्त्री खड्काका अनुसार मधेश प्रदेशमा सिँचाइका लागि आवश्यक विद्युत् माग बढ्दो क्रममा छ, तर आपूर्ति व्यवस्थापन भने पर्याप्त छैन। उनले कृषकको खेतीयोग्य जमिनमा आवश्यक परिमाणमा विद्युत् पुर्‍याउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “सिँचाइलाई सहज बनाउन विद्युत् प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने छ, यसका लागि तत्कालीन सुधारका कदम चालिन्छन्।”

त्यसैगरी उनले मधेश प्रदेशमा विद्युत् चोरी उच्च दरमा भइरहेको भन्दै यसलाई नियन्त्रण नगरेसम्म आपूर्ति प्रभावकारी हुन नसक्ने टिप्पणी गरे। चोरी नियन्त्रणसँगै सुरक्षित र दिगो आपूर्ति सुनिश्चित गर्न सकिने मन्त्रीको भनाइ छ।

मन्त्री खड्काले पुराना ट्रान्समिसन लाइन र ट्रान्सफर्मरहरू मर्मत गर्न पनि निर्देशन दिए। उनका अनुसार यी संरचना पुराना भएकाले अहिलेको भार थेग्न सक्ने अवस्थामा छैनन्। उनले थपे, “पुराना संरचनाको व्यवस्थापन नगरेसम्म सहज आपूर्ति सम्भव हुँदैन। सुख्खा यामलाई ध्यानमा राख्दै आवश्यक मर्मत गरेर सिँचाइका लागि विद्युत् प्रवाह गर्नुपर्नेछ।”

सिंचाइ र विद्युत् आपूर्ति मधेश प्रदेशको कृषि उत्पादनसँग प्रत्यक्षरुपमा जोडिएको विषय भएकोले सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने मन्त्री खड्काको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...