News Portal

सदस्यता विवादबीच पूर्व राष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : “म एमालेकै कार्यकर्ता हुँ”

२९१ पटक

काठमाडौँ, भदौ ५ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक यात्रा र पार्टीप्रतिको निष्ठाबारे स्पष्ट धारणा राख्दै आफू निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर सक्रिय रहेको बताएकी छिन्।

बिहीबार राजधानीको थापागाउँस्थित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले माले कालदेखि नै कम्युनिष्ट आन्दोलनमा लागेर निरन्तर एमालेको मार्गदर्शन र सिद्धान्तअनुसार काम गर्दै आएको स्मरण गरिन्।

भण्डारीले भनिन्, “म एमालेकै सदस्य हुँ, मैले सिद्धान्त अँगालेको छु र त्यसैअनुरूप अघि बढ्छु। पार्टीमा विकृति वा विसंगति देखिए त्यसविरुद्ध लडिरहन्छु।”

तर, पार्टी केन्द्रीय कार्यालय च्यासलप्रति असन्तोष प्रकट गर्दै उनले आफ्नो संगठित सदस्यतामाथि नै प्रश्न उठाइएको गुनासो गरिन्। उनले भने, “म निरन्तर काम गरिरहेकी छु। तर मेरो सदस्यताको प्रश्न उठाइएको छ। मैले त २०३७ सालमै सदस्यता लिएको हुँ। अहिले ४५ वर्ष भइसकेछ। राष्ट्रपतिमा पुग्दा पनि एमालेकै कार्यकर्ता थिएँ।”

उनले आलोचनाबाट आफू अलग नभएको भन्दै त्यसलाई तथ्यमा आधारित बनाउन आग्रह गरिन्। “म आलोचनाभन्दा बाहिर छैन। गर्नुपर्छ, तर तथ्यका आधारमा गर्नुपर्छ,” भण्डारीले भनिन्।

पार्टीको मूल सिद्धान्त ‘जबज’ लाई आफूले मार्गदर्शकका रूपमा लिएको बताउँदै उनले अहिले यही सिद्धान्तको मर्म र भावनाअनुरूप काम भइरहेको छ कि छैन भन्ने गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...