News Portal

  • सामाजिक कार्यमा जुट्दै न्यौपाने, मृगौला पीडितलाई गरे आर्थिक सहयोग

    हिमाली संचार संवाददाता
    ५४१ पटक

    कर्ण अधिकारी/मकाउ : बिगत केही वर्ष देखि मकाउमा व्यापार गर्दै आएका समाजसेवी भावना लिएर अगाडी बढ्दै गरेका युवराज न्यौपानेले यस पटक पनि मृगौला पीडित मोरङ हरैचाका सोफिया अधिकारीलाई मण्डेला ग्लोबल कम्पनीको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

    सधैँभरी सामाजिक कार्यमा अग्रसर हुने न्यौपाने साबिकको नुवाकोट जिल्ला गेर्खु गा.बि.स वडा नं २ हाल बिदुर नगर पालिका वडा नं ११ निवासी हुन।न्यौपानेले मकाउमा दु:ख पाएका देखि लिएर स्वदेशमा पीडामा डुबेका नेपालीहरूलाई सहयोग गर्दै आएका छन्। मकाउमा रहेका संघ संस्थाको प्रत्येक कार्यक्रममा जाँदा न्यौपानेले आर्थिक सहयोग गर्दै आएका छन। न्यौपाने नेपाली समाज मकाउमा उपाध्यक्ष समेत हुन्।

    न्यौपानेले मोरङ हरैचाका १६ बर्षीय मृगौला पीडित सोफियालाई मोप ७२० मोप अर्थात नेपाली १० हजार ५ सय रूपैया सहयोग गरेका छन्। उक्त सहयोग रकम सोफिया बचाउ अभियानका सदस्य एवं नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री कर्ण अधिकारीलाई हस्तान्तरण गर्नु भएको छ। उक्त रकमलाई जति सक्यो चाडो मृगौला पीडित सोफियालाई हस्तान्तरण गरीने छ।

    मण्डेला ग्लोबल कम्पनीका सञ्चालक न्यौपाने मकाउको आई एफ टी कलेजमा बिजनेश संबन्धि प्रिन्सिपल अफ बिजनेश म्यानेजमेन्ट पढ्दै हुनु हुन्छ।न्यौपानेले आउँदा दिनहरूमा पनि यसै गरी सामाजिक कार्य कार्यहरूमा जुट्ने प्रतिबद्धता गर्नु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...