News Portal

सामाजिक कार्यमा जुट्दै न्यौपाने, मृगौला पीडितलाई गरे आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५९७ पटक

कर्ण अधिकारी/मकाउ : बिगत केही वर्ष देखि मकाउमा व्यापार गर्दै आएका समाजसेवी भावना लिएर अगाडी बढ्दै गरेका युवराज न्यौपानेले यस पटक पनि मृगौला पीडित मोरङ हरैचाका सोफिया अधिकारीलाई मण्डेला ग्लोबल कम्पनीको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

सधैँभरी सामाजिक कार्यमा अग्रसर हुने न्यौपाने साबिकको नुवाकोट जिल्ला गेर्खु गा.बि.स वडा नं २ हाल बिदुर नगर पालिका वडा नं ११ निवासी हुन।न्यौपानेले मकाउमा दु:ख पाएका देखि लिएर स्वदेशमा पीडामा डुबेका नेपालीहरूलाई सहयोग गर्दै आएका छन्। मकाउमा रहेका संघ संस्थाको प्रत्येक कार्यक्रममा जाँदा न्यौपानेले आर्थिक सहयोग गर्दै आएका छन। न्यौपाने नेपाली समाज मकाउमा उपाध्यक्ष समेत हुन्।

न्यौपानेले मोरङ हरैचाका १६ बर्षीय मृगौला पीडित सोफियालाई मोप ७२० मोप अर्थात नेपाली १० हजार ५ सय रूपैया सहयोग गरेका छन्। उक्त सहयोग रकम सोफिया बचाउ अभियानका सदस्य एवं नेपाली जनसम्पर्क समिति मकाउका महामन्त्री कर्ण अधिकारीलाई हस्तान्तरण गर्नु भएको छ। उक्त रकमलाई जति सक्यो चाडो मृगौला पीडित सोफियालाई हस्तान्तरण गरीने छ।

मण्डेला ग्लोबल कम्पनीका सञ्चालक न्यौपाने मकाउको आई एफ टी कलेजमा बिजनेश संबन्धि प्रिन्सिपल अफ बिजनेश म्यानेजमेन्ट पढ्दै हुनु हुन्छ।न्यौपानेले आउँदा दिनहरूमा पनि यसै गरी सामाजिक कार्य कार्यहरूमा जुट्ने प्रतिबद्धता गर्नु भएको छ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...