News Portal

यूएई सरकारले दियो अवैध कामदारलाई थप एक महिना, १ हजार नेपाली स्वदेश फर्किए !

हिमाली संचार संवाददाता
७२५ पटक

रूपेश अधिकारी
युएई : युएई सरकारले देशमा रहेका अबैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि पुनः एक महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् ।

युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन एक महिना थप गरिएको युएईका संचार माध्यमले जनाएका छन् । सुरुमा दिइएको ३ महिनाको म्याद अक्टोबर ३० मा सकिएको थियो । त्यसपछि थपिएको एक महिनाको समय पनि मंसिर १ मा सकिएको थियो ।

एक हजार नेपाली स्वदेश फर्किए !
गत साउन १६ गतेदेखि मंसिर १ सम्म चलेको आममाफी प्रक्रियाबाट १ हजार भन्दा बढि नेपाली घर फर्किएका छन् । धेरैले वैध भएर यहीँ काम गर्न इच्छाएको पाइयो ।

दूतावास मार्फत १ सय ४५ जनाले राहदानी बनाएका थिए । उनीहरुमध्ये धेरैले जागिर खोज्ने प्रयोजनको लागि ६ महिने भिसा लगाएका छन । १ सय ८८ जनाले ट्राभल डकुमेण्ट बनाएर नेपाल फर्किएको दूतावासको राहदानी फााटमा कार्यरत तृतीय सचिव केशबराज पोखरेलले बताए ।

आममाफी प्रकृयामा सहभागी हुनेमा पुरुषभन्दा महिलाको सख्या धेरै रहेको उनले जानकारी दिए । तर एकिन तथ्यांक दुतावासलाई प्राप्त भइसकेको छैन ।

युएई सरकारले अबैधानिक बसोबास गरिरहेका नेपालीसहित अन्य मुलुकका कामदारलाईर् वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पुरा गरी मुलुक र्फकन आग्रह गरेको थियो । युएईमा अवैधानिक बसेका विदेशी नागरिकमध्ये बङ्लादेशी नागरिक सबैभन्दा धेरै छन् ।

भिजिट भिषामा आएर ओभर स्टे गरेका, घरेलु महिला कामदार, बिचमा काम खोजेर बस्नेहरु तथा राहदानी नभएर अवैधानिक भएका नेपाली आममाफी प्रकृयामा सहभागी भएका हुन् । स्वदेश फर्किने कामदारलाई दुतावासले सहजीकरण गरेको थियो ।उनीहरुको सहजताका लागि दूतावासले युएईको विभिन्न स्थानबाट घुम्ती शिविरमार्फत सेवा दिएको थियो ।

नेपाल फर्किन चाहने कोही पनि नेपाली नछुटेको कार्यवाहक राजदुत सागरप्रसाद फुयाालले अनलाइनखबरलाई बताए । आममाफी प्रकृयामा सहभागी भइ स्वदेश फर्किएका नागरिक भविष्यमा पुनः युएई आउन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...