News Portal

फेरि कुवेतमा एक नेपाली महिलाको मृत्यु

हिमाली संचार संवाददाता
८३९ पटक

कुवेत : झापा जिल्लाको गौरादह वडा नम्बर -५ घर भइ कुवेतमा घरेलु कामदारको रुपमा काम गर्दै आउनुभएकि ३८ बर्षिया रमा श्रेष्ठको २०१८ डिसेम्बर २ तारिख आइतबार बिहान मृत्यु भएको छ ।

मृतक रमा श्रेष्ठको मृत्युको बारेमा प्रारम्भिक जानकारी आएता पनि मृत्युको सत्य तथ्य कारण पूर्ण रुपमा र प्रहरी रिपोर्ट आउँन अझै बाकि रहेको नेपाली राजदूतावास कुवेतका द्वितीय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएका छन् ।

सचिव मगरले मृतकको पूर्ण जानकारी र रिपोर्ट आएपछि घर परिवारमा समन्वय गरि मृतकले पाउने पर्ने सेवा सुबिधा लगायत सम्पूर्ण कानुनि प्रक्रिया पुरा गरि शव छिट्टै नेपाल पठाउन दूतावास कुवेतले सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

मृतक रमा श्रेष्ठकि छोरी सविना श्रेष्ठ पनि कुवेतमै एक बर्ष अघि देखि घरेलु कामगर्दै आएकी छिन। सविनाले आफ्नी आमाको मृत्यु पछी भावुक हुदै भनिन ,म कुवेत आएको एक बर्ष भएतापनि आफ्नो मम्मी संग भेटघात गर्न नपाएको बताउछिन । दुइ दिन अघि फोनमा कुरा गर्दा छाति तथा ढाड र पेट दुखि रहेको उनले बताउछिन । सविना भावुक हुदै भन्छिन मम्मिलाई म संग भेटनै जुराएको रहेन्छ कुवेतमा।

प्राप्त जानकारी अनुसार मृतक रमा श्रेष्ठ पटकपटक गरि ११ बर्ष देखि कुवेतमा कार्यरत थिइन् भने बिगत ५ बर्ष देखि साहुको घरबाट भागेर अवैधानिक रुपमा लुकी छिपी काम गर्दै आएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...