News Portal

आदिवासी जनजाती महासंघ कुवेतको तेश्रो ऐतिहासिक अधिवेशन सम्पन्न, अमृत तामाङ अध्यक्षमा चयन

हिमाली संचार संवाददाता
७१२ पटक

कुवेत : आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। कुवेतको फर्वानिया स्थित आइडितल अडिटोरियम हलमा सम्पन्न तेस्रो अधिवेशनले अमृत तामाङलाइ अध्यक्ष चयन गरेका छन। अधिवेशनमा मनु भुजेल मगरको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको थियो।

नैनाकला राई र दिलकुमार पाख्रीनले संयुक्त सञ्चालन गरेको उक्त ऐतिहासिक अधिवेशन कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगर प्रमुख अतिथि हुनुहुन्थ्यो भने सभापतित्वमा बल बहादुर काम्बाङ थिए।

तमु समाज कुवेतका निवर्तमान अध्यक्ष खोप गुरुङ, कोशेली न्युजका अध्यक्ष मनु भुजेल मगर, खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष प्रेम कटुवाल, नेफेसो कुवेतका प्रवक्ता राज कुमार राई, तथा प्रमुख अतिथी नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगर लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

मन्तव्य राख्ने क्रममा द्वितीय सचिव ज्ञानबहादुर मगरले पछिल्लो समयमा कुवेतमा विवादित बनेको कुवेतमा कार्यरत नेपालिहरु बिदामा नेपाल जाँदा अनिवार्य श्रम स्वीकृति पत्र लिन पर्ने र उक्त पत्र लिनका लागि एउटै कम्पनिमा रहेबापत ४ कुवेती दिनार र कम्पनी फेरबदल भएको खन्डमा १७ कुवेती दिनार शुल्क लाग्ने सम्बन्धमा स्पष्ट पार्नुभएको थियो।उहाँले, सामाजिक सञ्जालमा आए जस्तो दूतावासबाट नभएको र अनिवार्य लिनै पर्छ भन्ने नरहेको बताउनु भयो।

यस बिसयमा गत सालसम्म वोर्क पर्मिट भिसामा कार्यरत नेपालीहरु बिदामा जाँदा दूतावासले निशुल्क श्रम स्वीकृति पत्र बितरण गर्ने गरिएको थियो भने पछिल्लो समयमा अनिवार्य नभनिएता पनि शुल्क लाग्न थालेको छ। यद्यपि यस बिसयमा अनिवार्य गर्ने वा नगर्ने भन्ने बिसयमा नेपाल सरकारले नेपालि दूतावासलाइ कुनै आधिकारिक जानकारी नदिइएकोले दूतावासले शुल्क सहित श्रम स्वीकृति पत्र बितरण गर्ने प्रक्रियालाई निरन्तरता दिइरहेको जानकारि दूतावासले दिएको छ।

निकै उत्साह र बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान महासचिव अमृत तामाङले महासंघको पछिल्लो कार्यकालको प्रगति प्रतिवेदन पेश गरेका थिए।

तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचित घोषणा गरेको नयाँ कार्य समितिको नामावली:

अध्यक्ष – अमृत तामाङ
उपाध्यक्ष – बल बहादुर काम्बाङ
उपाध्यक्ष – राजु गुरुङ
उपाध्यक्ष – मधु माया मगर
उपाध्यक्ष – टिकाराम सुनुवार
महासचिव – मन्जित राई
सचिव – दिल कुमार पाख्रीन
कोषाध्यक्ष – मोहन राई
सहकोषाध्यक्ष – राजन श्रेष्ठ
प्रबक्ता – राज कुमार राई
सदस्य – यम गुरुङ
सदस्य – कृष्ण बहादुर तामाङ
सदस्य – सुरेश गुरुङ
सदस्य – प्रकाश राई
सदस्य – पासङ शेर्पा
सदस्य – माया राई
सदस्य – उमा तमुस्यो
सदस्य – डोल्मा तामाङ
सदस्य – शोभा गुरुङ
सदस्य – जय प्रकाश सुनुवार
सदस्य – रोशन राई
सदस्य – मेनुका सुनुवार
सदस्य – उमेश राई
सदस्य – युबराज राई
सदस्य – डेन्डी शेर्पा
सदस्य – सुक गुरुङ
सदस्य – निर्मला राई
सदस्य – सीता गुरुङ
सदस्य – सुरज मास्के
सदस्य – राजु गोले
सदस्य – आङ फुर्ली शेर्पा
सदस्य – रमिता योन्जन
सदस्य – यम गुरुङ
सदस्य – सुक गुरुङ

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...