News Portal

  • भिजिट भिसा र वैदेशिक रोजगारीको विषय उठ्दा संसद्को समितिमा विवाद, छानबिन माग गर्दै सांसदहरू आक्रोशित

    ११७ पटक

    संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठक शुक्रबार विवादपूर्ण बनेको छ। वैदेशिक रोजगारी र भिजिट भिसा प्रकरणमा छलफल चलिरहेका बेला सांसदहरूबीच कडा भनाभनसमेत भएको छ।

    समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा भइरहेको मानव तस्करीबारे गम्भीर प्रश्न उठाउँदै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे। उनले ठूला दलहरूलाई संकेत गर्दै जनताले यस्ता गतिविधिहरू चुपचाप हेरेर बस्न नसक्ने चेतावनीसमेत दिए।

    तर अन्य दलका सांसदहरूले भने बैठकको मूल एजेन्डाबाट बाहिर गएर अनावश्यक विषय उठाइएको भन्दै असन्तुष्टि जनाएपछि माहोल केही समय तातेको थियो।

    बैठकमा मुख्य रूपमा द्विपक्षीय श्रम सम्झौता भइसकेका मुलुकहरूमा नेपाली घरेलु कामदार पठाउने सम्भावनाबारे छलफल गरिनु थियो। तर भिजिट भिसा प्रकरण जोडिँदै जाँदा बैठक विवादास्पद बनेको हो।

    यसै क्रममा कतिपय सांसदहरूले वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरूका समस्याहरू सरकारलाई स्पष्ट रूपमा राखेर समाधान खोज्नुपर्ने धारणा राखे। विशेष गरी घरेलु कामदार पठाउने विषयमा सरकारले गहिरो अध्ययन गर्नुपर्ने सुझावहरू पनि प्रस्तुत भए।

    वैदेशिक रोजगार सम्बन्धी समस्या समाधान गर्न सरकारले गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रममन्त्री शरतसिंह भण्डारी रहेको छुट्टै समिति गठन गरिसकेको छ। तीन मन्त्रालयका सचिवहरू समेत रहेको उक्त समितिले दुई—तीनपटक बैठक गरी आवश्यक समाधानका उपायहरू खोजिरहेको छ।

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भने विदेशिएका नेपाली कामदारहरूले अन्य देशका कामदारहरूभन्दा कम तलब पाउने अवस्थाबारे तथ्य उजागर गरेकी छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले भनिन्, ‘यूएईमा अरू देशका कामदारहरूले १ हजार रियाल पाउँदा हाम्रो देशका नागरिकले मात्र ८ सय रियाल पाइरहेका छन्।’

    सरकारले अब वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारहरूलाई उचित तलब र सुरक्षाको ग्यारेन्टी दिन आवश्यक पहल गर्ने संकेत दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १७ गतेको राशिफल

    आज साउन १७, २०८२ (अगस्त २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गरिब परिवारको दुखमा केही राहत वितरण गरियो

    रबिन्द्र बराल/ मोरङ, साउन १६ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अइलानी जग्गामा...

    लिरिका क्याप्सुल भएको ढुवानी तस्करी गर्ने प्रयास असफल

    कुवेत, साउन १६  — कुवेत भन्सारले लागूऔषध नियन्त्रण सामान्य विभागसँगको सहकार्यमा २७१,४०० लिरिका क्याप्सुल समेटिएको...

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...

    लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

    काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका...