News Portal

काठमाडौं महानगरमा चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने तयारी, उपप्रमुखसँगको वार्ता सकारात्मक

२१८ पटक

काठमाडौं, जेठ २९ – लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक अब चाँडै बस्ने भएको छ। मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले उपप्रमुख सुनिता डंगोलसँगको पछिल्लो छलफल सकारात्मक बनेको जानकारी दिएको छ।

महानगरका प्रमुख स्वकीय सचिव भूपदेव शाहले हिमाली सञ्चारसँग कुरा गर्दै कार्यपालिका र नगरसभा बैठक छिट्टै आह्वान हुने बताएका छन्। उनका अनुसार छलफल निकै सकारात्मक भएको छ र बैठक राख्ने विषयमा सहमति बनिसकेको छ। ‘विशेषगरी कार्यपालिका र नगरसभा बैठक राख्नेबारे राम्रो कुराकानी भयो,’ शाहले बताए।

बैठकमा तीन जना वडाध्यक्षहरू समेत सहभागी थिए। उनीहरूले बजेट जनभावनाअनुकूल ल्याउनुपर्ने माग गर्दै बैठक आह्वान गर्न जोड दिएका थिए। सचिवालयका अनुसार अब बजेटको सिलिङ निर्धारण गर्न अर्को बैठक पनि छिट्टै बस्नेछ।

यता, महानगरपालिकाको कार्यपालिका बैठक करिब पाँच महिनादेखि बस्न सकेको थिएन। गत पुस १४ गते १६ औं नगरसभा बैठक अगाडि मात्रै कार्यपालिका बैठक बसेको थियो। त्यसयता कार्यपालिका बैठक नबसेपछि मेयर बालेनप्रति आलोचना चुलिएको थियो। वडाध्यक्षहरू पनि निरन्तर बैठक राख्न दबाब दिँदै आएका थिए।

अब भने उपप्रमुखसँगको सहमतिपछि काठमाडौं महानगरपालिकाले बजेट प्रक्रिया अघि बढाउने संकेत देखिएको छ। सचिवालयका अनुसार बजेट निर्माणका लागि आवश्यक तयारी प्रारम्भ भइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...