News Portal

काठमाडौं महानगरमा कार्यपालिका बैठकको तयारी, मेयर बालेन र उपमेयर सुनिताबीच वार्ता

२२७ पटक

काठमाडौं, जेठ २९ – लामो समयदेखि ठप्प रहेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक अब चाँडै बस्ने सम्भावना देखिएको छ। मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच बुधबार भेटवार्ता भएको र त्यसक्रममा कार्यपालिका बैठक छिट्टै बोलाउने सहमति बनेको हो।

काठमाडौं महानगरभित्र पछिल्लो समय आन्तरिक विवाद तीव्र बनेको बेला मेयर र उपमेयरबीच भएको यो छलफललाई निर्णायक पाइला मानिएको छ। मेयर बालेन, उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूबीच भएको सो बैठकमा कार्यपालिका बैठक छिट्टै बोलाउने सहमति जुटेको छ। यद्यपि बैठकको मिति भने तय भइसकेको छैन।

‘हिजो लामो छलफल भयो। उपमेयरले आफ्ना कुरा स्पष्ट राख्नुभयो, मेयरले पनि धारणा राख्नुभयो। तत्काल बजेट केन्द्रित कार्यपालिका बैठक राख्ने र अन्य विवादहरूलाई क्रमशः हल गर्दै जाने कुरा भएको छ,’ एक वडाध्यक्षले हिमाली सञ्चारसँग बताए।

तर, बैठकमा कार्यपालिका सदस्य सचिव रहने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भने अनुपस्थित रहे। मेयर बालेन नै उनलाई बोलाउन इच्छुक नभएका कारण प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी नदिएको वडाध्यक्षहरूको भनाइ छ। यद्यपि स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिका बैठकको सचिव प्रमुख प्रशासकीय अधिकृत रहने प्रावधान छ।

करिब पाँच महिनादेखि कार्यपालिका बैठक नबसेपछि काठमाडौं महानगरका महत्वपूर्ण निर्णयहरू रोकिएका थिए। पछिल्लो पटक गत पुस १४ गते १६औं नगरसभा अगाडि कार्यपालिका बैठक बसेको थियो। त्यसयता महानगर कार्यपालिका बैठक बस्न सकेको थिएन।

अब मेयर र उपमेयरबीच सहमति जुटेपछि कार्यपालिका बैठक बस्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...