News Portal

काठमाडौं महानगरमा कार्यपालिका बैठकको तयारी, मेयर बालेन र उपमेयर सुनिताबीच वार्ता

२८८ पटक

काठमाडौं, जेठ २९ – लामो समयदेखि ठप्प रहेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक अब चाँडै बस्ने सम्भावना देखिएको छ। मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच बुधबार भेटवार्ता भएको र त्यसक्रममा कार्यपालिका बैठक छिट्टै बोलाउने सहमति बनेको हो।

काठमाडौं महानगरभित्र पछिल्लो समय आन्तरिक विवाद तीव्र बनेको बेला मेयर र उपमेयरबीच भएको यो छलफललाई निर्णायक पाइला मानिएको छ। मेयर बालेन, उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूबीच भएको सो बैठकमा कार्यपालिका बैठक छिट्टै बोलाउने सहमति जुटेको छ। यद्यपि बैठकको मिति भने तय भइसकेको छैन।

‘हिजो लामो छलफल भयो। उपमेयरले आफ्ना कुरा स्पष्ट राख्नुभयो, मेयरले पनि धारणा राख्नुभयो। तत्काल बजेट केन्द्रित कार्यपालिका बैठक राख्ने र अन्य विवादहरूलाई क्रमशः हल गर्दै जाने कुरा भएको छ,’ एक वडाध्यक्षले हिमाली सञ्चारसँग बताए।

तर, बैठकमा कार्यपालिका सदस्य सचिव रहने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भने अनुपस्थित रहे। मेयर बालेन नै उनलाई बोलाउन इच्छुक नभएका कारण प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी नदिएको वडाध्यक्षहरूको भनाइ छ। यद्यपि स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिका बैठकको सचिव प्रमुख प्रशासकीय अधिकृत रहने प्रावधान छ।

करिब पाँच महिनादेखि कार्यपालिका बैठक नबसेपछि काठमाडौं महानगरका महत्वपूर्ण निर्णयहरू रोकिएका थिए। पछिल्लो पटक गत पुस १४ गते १६औं नगरसभा अगाडि कार्यपालिका बैठक बसेको थियो। त्यसयता महानगर कार्यपालिका बैठक बस्न सकेको थिएन।

अब मेयर र उपमेयरबीच सहमति जुटेपछि कार्यपालिका बैठक बस्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...