News Portal

नेपाली जनसम्पर्क समिति मकाउले गर्‍यो बिरामी बद्रि पाण्डेलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
६९८ पटक

कर्ण अधिकारी/मकाउ : बिगत लामो समय देखि टाउको र आँखाको रोगबाट पीडित भई अस्पतालमा उपचार्थ रहनु भएका नेपाल विद्यार्थी संघ तनहुँ क्षेत्र नं १ का सभापति बद्रि पाण्डेलाई नेपाली जनसम्पर्क समिति मकाउका कार्य समितिका पदाधिकारीहरूले आर्थिक सहयोग गरेको छ।

नेपाली काँग्रेस कास्कीको परिषरमा आयोजित कार्यक्रममा मकाउको तर्फबाट सभापति लेख बहादुर गुरूङ् र नेपाली जनसम्पर्क समिति क्यानडाका सदस्य कृष्ण रेग्मीले प्रतिनिधित्व गर्दै ४१ हजार चार सय १५ रूपैया नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि धनराज गुरूङको हातबाट बिरामी बद्रि पाण्डेलाई हस्तान्तरण गरीएको थियो।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली जनसम्पर्क समिति क्यानडाको तर्फबाट ३० हजार साथै साइप्रसको तर्फबाट पनि १७ हजार नेरू बिरामी पाण्डेलाई हस्तान्तरण गरीएको थियो।कार्यक्रममा उपस्थित रहनु भएका काँग्रेस नेतृ सरस्वति गुरूङ र उमा ठकुरीले १५/१५ सय, सिकन्दर गुरूङ र गिरीराज गौतमले १ हजार १ सय/१ हजार १ सय, भोजराज सुवेदी, ज्योती कोइराला, विकास थापा, देवकृष्ण पराजुली, सुवर्ण केसी, सित्तल अधिकारीले १/१ हजार रुपैया सहयोग गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्य जीवन परीयार, पूर्व कानुन मन्त्री यज्ञ बहादुर थापा लगाएत काँग्रेसीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा काँग्रेस नेता धनराज गुरूङले जनसम्पर्क समितिले काँग्रेस र काँग्रेसीका लागि खेलेको भूमिका प्रति खुलेरै प्रशंशा गरेका थिए। नेपाली जनसम्पर्क समितिले बिगत देखि नै राजनिति एवं सामाजिक सेवामा आफ्नो प्रभुत्व कायम गर्दै आएको छ।

प्रवासमा रहेर पनि देश र जनताको सेवा गर्न पाएकोमा गौरव गर्छन कार्य समितिका पदाधिकारीहरू डोनेसन गर्नेहरूमा सभापति लेख बहादुर गुरूङ ३०० मोप, संस्थापक सभापति अम्बिर जोशी २०० मोप, उपसभापति चण्डी योङ्या २०० मोप, उपसभापति निर्मला थापा २०० मोप, उपसभापति काली बहादुर परीयार १०० मोप, महामन्त्री कर्ण अधिकारी १०० मोप, महामन्त्री महेश राना १०० मोप, सहमहामन्त्री शेखर बुढाथोकी १०० मोप, सचिव रमेश अधिकारी १५० मोप, कोषाध्यक्ष दिपक गुरूङ २०० मोप, प्रबक्ता पदम बुढाथोकी १०० मोप, सदस्य भूमिलाल शर्मा १०० मोप, सदस्य नवराज पराजुली १०० मोप, सदस्य गणेश बराल १०० मोप, सदस्य सन्तोष गिरी १०० मोप, सदस्य गम्बिर महत २०० मोप, सदस्य सुरेन्द्र भट्टराई १०० मोप, सदस्य इश्वर गुरूङ १०० मोप, सदस्य राम शर्मा १०० मोप, सदस्य निशान घर्ति १०० मोप, सदस्य जनक उप्रेति १०० मोप जम्मा २८५० मोप अर्थात नेरू ४१ हजार ४ सय १५ रूपैया संकलन गरीएको थियो।

रकम हस्तान्तरणको कार्यक्रमको सभापतित्व कास्की उपसभापति आई बहादुर गुरूङले गर्नु भएको थियो भने कार्यक्रम संचालन जिल्ला सदस्य नविन सिग्देलले गर्नु भएको थियो।

 

 

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...