News Portal

सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

रबिन्द्र बराल
२२२ पटक

मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित तीनदिने सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न भएको छ।

उक्त तालिम रंगेली, सुनविर्षी, रतुवामाई र धनपालथान गाउँपालिकाका विभिन्न सहकारी संस्थाहरूलाई लक्षित गरी आयोजित गरिएको थियो। कार्यक्रमको उद्देश्य सहकारीको महत्व, भूमिका तथा सुशासनबारे सहभागीहरूलाई सचेत बनाउने रहेको थियो।

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरि बहादुर खत्रीले जानकारी दिएअनुसार “मर्यादित सहकारीः समुन्नत समाज” भन्ने मूल नाराका साथ जेष्ठ २१ गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन गरिएको हो। तालिम सद्भाव बचत तथा ऋण सहकारी संस्था लि., रंगेलीको सभाहलमा सम्पन्न भएको थियो।

सद्भाव बचत तथा ऋण सहकारी संस्था लि., रंगेलीका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरले तालिममा रंगेली क्षेत्रका विभिन्न प्रवृत्तिका सहकारीहरूबाट महिला र पुरुष गरी ३० जना सहभागी रहेको जानकारी दिए।

तालिम समापन कार्यक्रमका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रम कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीको आयोजना, जिल्ला सहकारी संघ, मोरङको समन्वय तथा सद्भाव बचत तथा ऋण सहकारी संस्था लि., रंगेलीको सहयोगमा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...