News Portal

स्याङ्जामा ट्रक र स्कुटर ठोक्किँदा २४ वर्षीया युवतीको निधन

हिमालीसंचार संवाददाता
३२६ पटक

स्याङ्जा, जेठ २३ – सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान भएको एक दुःखद सवारी दुर्घटनामा परी २४ वर्षीया एक युवतीले ज्यान गुमाएकी छन्। फेदीखोला गाउँपालिका–१ कुभिण्डे नजिकै पोखरातर्फ गइरहेको ट्रक र सोही दिशातर्फ गइरहेको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, स्कुटर (AAB ०२४३) चलाइरहेकी पुतलीबजार नगरपालिका–१३ लाम्पाटाकी जीत माया थापा दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्। बिहान करिब ८ बजेतिर भएको उक्त दुर्घटनापछि उनलाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लगिएको थियो। तर गम्भीर चोटका कारण उपचारकै क्रममा उनको ज्यान गएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिएका छन्।

दुर्घटनामा संलग्न ट्रक (ना ४ ख ९३३१) र त्यसका चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको छ। हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

स्थानिय प्रत्यक्षदर्शीहरूका अनुसार ट्रकले स्कुटरलाई पछाडिबाट ठक्कर दिएको आशंका गरिएको छ। दुर्घटनास्थल आसपास केहीबेर यातायात अवरुद्ध भएको थियो भने प्रहरीले तुरुन्तै घटनास्थलमा पुगेर ट्राफिक व्यवस्थापनसहित आवश्यक प्रक्रिया अघि बढाएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...