News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • स्याङ्जामा ट्रक र स्कुटर ठोक्किँदा २४ वर्षीया युवतीको निधन

    हिमालीसंचार संवाददाता
    ५३ पटक

    स्याङ्जा, जेठ २३ – सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान भएको एक दुःखद सवारी दुर्घटनामा परी २४ वर्षीया एक युवतीले ज्यान गुमाएकी छन्। फेदीखोला गाउँपालिका–१ कुभिण्डे नजिकै पोखरातर्फ गइरहेको ट्रक र सोही दिशातर्फ गइरहेको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, स्कुटर (AAB ०२४३) चलाइरहेकी पुतलीबजार नगरपालिका–१३ लाम्पाटाकी जीत माया थापा दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्। बिहान करिब ८ बजेतिर भएको उक्त दुर्घटनापछि उनलाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लगिएको थियो। तर गम्भीर चोटका कारण उपचारकै क्रममा उनको ज्यान गएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिएका छन्।

    दुर्घटनामा संलग्न ट्रक (ना ४ ख ९३३१) र त्यसका चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको छ। हाल घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

    स्थानिय प्रत्यक्षदर्शीहरूका अनुसार ट्रकले स्कुटरलाई पछाडिबाट ठक्कर दिएको आशंका गरिएको छ। दुर्घटनास्थल आसपास केहीबेर यातायात अवरुद्ध भएको थियो भने प्रहरीले तुरुन्तै घटनास्थलमा पुगेर ट्राफिक व्यवस्थापनसहित आवश्यक प्रक्रिया अघि बढाएको थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको...

    बिहे विवादले निम्त्यायो रगतको भेल : युवाद्वारा बुबा र छिमेकीको हत्या

    रुपन्देही, जेठ २३ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा पारिवारिक विवादले भीषण रूप लिँदा एउटै...

    स्याङ्जामा ट्रक र स्कुटर ठोक्किँदा २४ वर्षीया युवतीको निधन

    स्याङ्जा, जेठ २३ – सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान भएको एक दुःखद सवारी दुर्घटनामा परी २४...