News Portal

रंगेली प्रहरीले शान्ति सुरक्षामा चासो नदिएको आरोप, पुनः ट्रान्सफर्मर चोरी

रबिन्द्र बराल
२७९ पटक

मोरङ, जेठ २३  — इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटी काठमाडौंबाट सरुवा भएर आएको दुई महिना नपुग्दै सुरक्षा चुनौती थपिएको छ।

स्थानीयवासीका अनुसार रंगेली क्षेत्रमा विगतमा सामान्य चोरीका घटना मात्र हुँदै आएका थिए। तर पछिल्लो समय चोरीका घटनाहरू क्रमशः बढिरहेका छन्। प्रहरी कार्यालयबाट मात्र करिब तीन किलोमिटर टाढा रहेको रंगेली–७ मुन्डाकालिका क्षेत्रमा कृषकहरूले सिंचाइका लागि प्रयोग गर्दै आएको ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको हो।

उक्त घटनाको अनुसन्धान हुँदै गर्दा बिहीबार राति पुनः अर्को ट्रान्सफर्मर चोरी भएको छ। रंगेली–१ स्थित जिरायत टोलमा खानेपानी संस्थाको लागि करिब १० दिनअघि मात्र जडान गरिएको ट्रान्सफर्मर बिहीबार राति चोरी भएको हो।

पछिल्लो २४ घन्टा नबित्दै पुनः यस्ता घटना दोहोरिनुले प्रहरीले जनताको जिउधनको सुरक्षामा चासो नदिएको आरोप स्थानीयले लगाएका छन्। रंगेली प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाउने उद्देश्यले सादा पोसाकमा प्रहरी परिचालन गरे पनि सुरक्षामा चुनौती थपिएको देखिएको छ।

सिंचाइको लागि राखिएको ट्रान्सफर्मर चोरी भएपछि कृषकहरू गम्भीर समस्यामा परेका छन्। धान रोपाइँको तयारी गर्नुपर्ने समयमा सिंचाइ गर्न नसक्ने अवस्था आएपछि उनीहरू चिन्तित बनेका छन्।

स्थानीय बासिन्दाले चोरी नियन्त्रण र सुरक्षा व्यवस्था कडा पार्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...