News Portal

  • रंगेली प्रहरीले शान्ति सुरक्षामा चासो नदिएको आरोप, पुनः ट्रान्सफर्मर चोरी

    रबिन्द्र बराल
    १०३ पटक

    मोरङ, जेठ २३  — इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटी काठमाडौंबाट सरुवा भएर आएको दुई महिना नपुग्दै सुरक्षा चुनौती थपिएको छ।

    स्थानीयवासीका अनुसार रंगेली क्षेत्रमा विगतमा सामान्य चोरीका घटना मात्र हुँदै आएका थिए। तर पछिल्लो समय चोरीका घटनाहरू क्रमशः बढिरहेका छन्। प्रहरी कार्यालयबाट मात्र करिब तीन किलोमिटर टाढा रहेको रंगेली–७ मुन्डाकालिका क्षेत्रमा कृषकहरूले सिंचाइका लागि प्रयोग गर्दै आएको ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको हो।

    उक्त घटनाको अनुसन्धान हुँदै गर्दा बिहीबार राति पुनः अर्को ट्रान्सफर्मर चोरी भएको छ। रंगेली–१ स्थित जिरायत टोलमा खानेपानी संस्थाको लागि करिब १० दिनअघि मात्र जडान गरिएको ट्रान्सफर्मर बिहीबार राति चोरी भएको हो।

    पछिल्लो २४ घन्टा नबित्दै पुनः यस्ता घटना दोहोरिनुले प्रहरीले जनताको जिउधनको सुरक्षामा चासो नदिएको आरोप स्थानीयले लगाएका छन्। रंगेली प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाउने उद्देश्यले सादा पोसाकमा प्रहरी परिचालन गरे पनि सुरक्षामा चुनौती थपिएको देखिएको छ।

    सिंचाइको लागि राखिएको ट्रान्सफर्मर चोरी भएपछि कृषकहरू गम्भीर समस्यामा परेका छन्। धान रोपाइँको तयारी गर्नुपर्ने समयमा सिंचाइ गर्न नसक्ने अवस्था आएपछि उनीहरू चिन्तित बनेका छन्।

    स्थानीय बासिन्दाले चोरी नियन्त्रण र सुरक्षा व्यवस्था कडा पार्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बुढाथुममा दयाराम रेग्मीको पहलमा ‘लिखुरे प्रतीक्षालय’ निर्माण

    धादिङ -धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–७ बुढाथुम निवासी पण्डित दयाराम रेग्मीले आफ्ना बुबा–आमाको सम्झनामा आफ्नै खर्चमा...

    आज २०८२ साल असोज ६ गतेको राशिफल

    आज असोज ६, २०८२ (सेप्टेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भोलिदेखि भक्तपुरमा नवराते मेला सुरु

    भक्तपुर, असोज ५ – दशैंको सुरुवातसँगै भक्तपुरमा परम्परागत नवराते मेला सोमबारदेखि सुरु हुँदैछ। घटस्थापनासँगै सुरु...

    यूएईपछि साउदी, कतार र मलेसियामा पनि नेपाली कामदारमाथि कडाइ

    काठमाडौं, असोज ५ – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन का क्रममा जेलबाट...

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने...