News Portal

भोटो जात्रालाई लक्षित पाकेटमार समूह, मोबाइल र नगदसहित पक्राउ

हिमालीसंचार संवाददाता
२०२ पटक

काठमाडौं, जेठ २० – प्राचीन सांस्कृतिक महत्व बोकेको रातो मछिन्द्रनाथको भोटो जात्रामा यस वर्ष पनि भीडको फाइदा उठाउँदै पाकेटमार गिरोह सक्रिय देखिएको छ। भक्तजनहरूको भीडमा चोरी गरेर फरार हुने योजनासहित आएको समूहलाई प्रहरीले समात्न सफल भएको छ।

ललितपुरको ऐतिहासिक भोटो जात्रा हेर्न आएका हजारौं श्रद्धालुहरूको भीडमा पाकेटमारी गर्दै हिँडेको आशंकामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। उनीहरू १८ जेठमा जात्राका क्रममा भक्तजनहरूको मोबाइल र नगद चोरेको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरद्वारा सञ्चालित विशेष अभियानमा समातिएका व्यक्तिहरु दोलखादेखि जनकपुरसम्मका विभिन्न ठाउँका बासिन्दा रहेका छन्। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–२ का २७ वर्षीय राकेश फुयाँल, मोरङको बेलबारी नगरपालिका–६ का ३० वर्षीय पूर्ण कार्की, सुनसरीको दुहबी नगरपालिका–६ शिवटोलका ३५ वर्षीय मनोज शाह हलुवाई, मकवानपुरको बागमती गाउँपालिका–८ का २३ वर्षीय अनुप मगर, उदयपुरको बेलटार नगरपालिका–७ का २६ वर्षीय पवन मगर र जनकपुरकी ६७ वर्षीया सृष्टि चौधरी रहेका छन्।

प्रहरीले उनीहरूबाट ७ थान मोबाइल फोन र नगद २१ हजार ५५५ रुपैयाँ बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू भीडभाड हुने ठूला धार्मिक र सांस्कृतिक समारोहलाई लक्षित गर्दै चोरीका गतिविधि गर्दै आइरहेका थिए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...