News Portal

भोटो जात्रालाई लक्षित पाकेटमार समूह, मोबाइल र नगदसहित पक्राउ

हिमालीसंचार संवाददाता
१५९ पटक

काठमाडौं, जेठ २० – प्राचीन सांस्कृतिक महत्व बोकेको रातो मछिन्द्रनाथको भोटो जात्रामा यस वर्ष पनि भीडको फाइदा उठाउँदै पाकेटमार गिरोह सक्रिय देखिएको छ। भक्तजनहरूको भीडमा चोरी गरेर फरार हुने योजनासहित आएको समूहलाई प्रहरीले समात्न सफल भएको छ।

ललितपुरको ऐतिहासिक भोटो जात्रा हेर्न आएका हजारौं श्रद्धालुहरूको भीडमा पाकेटमारी गर्दै हिँडेको आशंकामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। उनीहरू १८ जेठमा जात्राका क्रममा भक्तजनहरूको मोबाइल र नगद चोरेको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरद्वारा सञ्चालित विशेष अभियानमा समातिएका व्यक्तिहरु दोलखादेखि जनकपुरसम्मका विभिन्न ठाउँका बासिन्दा रहेका छन्। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–२ का २७ वर्षीय राकेश फुयाँल, मोरङको बेलबारी नगरपालिका–६ का ३० वर्षीय पूर्ण कार्की, सुनसरीको दुहबी नगरपालिका–६ शिवटोलका ३५ वर्षीय मनोज शाह हलुवाई, मकवानपुरको बागमती गाउँपालिका–८ का २३ वर्षीय अनुप मगर, उदयपुरको बेलटार नगरपालिका–७ का २६ वर्षीय पवन मगर र जनकपुरकी ६७ वर्षीया सृष्टि चौधरी रहेका छन्।

प्रहरीले उनीहरूबाट ७ थान मोबाइल फोन र नगद २१ हजार ५५५ रुपैयाँ बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू भीडभाड हुने ठूला धार्मिक र सांस्कृतिक समारोहलाई लक्षित गर्दै चोरीका गतिविधि गर्दै आइरहेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...