News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मोरङको पुरानो दोहमना बजार दिनप्रतिदिन खस्कँदै

    रबिन्द्र बराल
    ६३ पटक

    मोरङ, जेठ १६ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजार दिनप्रतिदिन खस्कँदै गएको छ। प्रत्येक साता आइतबार र बिहीबार लाग्ने यस साप्ताहिक बजारमा पहिलेको जस्तो चहलपहल देखिन छाडेको छ।

    करीब २० वर्षअगाडि मोरङ, सुनसरी, झापा, संखुवासभा, भोजपुर तथा भारतका विभिन्न स्थानहरूबाट सर्वसाधारणहरू सामान किनबेचका लागि भीडभाड गर्दै बजारमा आउने गर्थे। तर, कोरोना महामारीका बेला नेपाल सरकारले लागू गरेको लकडाउन र आवाजजावतमा कडाइ गरेपछि गाउँघरमै सवारीसाधनमार्फत आवश्यक सामान पुग्न थालेपछि दोहमना बजार विस्तारै ओझेलमा पर्दै गएको स्थानीयहरू बताउँछन्।

    एक समय लत्ता–कपडा, गाई, गोरु, बाख्रा, हाँस, कुखुरा, खाद्यान्न लगायतका सामग्रीहरू अत्यधिक मात्रामा बिक्री वितरण हुने यो बजार अहिले सुनसान बन्दै गएको छ। पछिल्लो समय नगरपालिका मार्फत उठाइने वार्षिक कर असुलीमा ठेकेदारहरूको मनोमानी बढ्दै गएको व्यापारीहरू बताउँछन्।

    स्थानीय व्यापारी मनोज कुमार साहका अनुसार, ठेकेदारहरूले मनपरी रूपमा कर असुली गर्ने, अनुहार हेरेर बट्टा लगाउनेजस्ता कार्यले साना व्यापारीहरू मर्कामा परिरहेका छन्। बजार व्यवस्थापन समिति तथा जनप्रतिनिधिहरूले समय–समयमा अनुगमन नगरेको अवसरमा ठेकेदारहरूले मनोमानी गरिरहेको उनीहरूको गुनासो छ।

    हाल प्रदेश सरकारले बजार व्यवस्थापनका लागि ७० वटा सटर र ९ वटा टहरा निर्माण गरिसकेको जनाएको छ। यद्यपि, बजारको समग्र सुधारका लागि प्रभावकारी योजना र नियमित अनुगमनको खाँचो देखिएको छ।

    प्रतिकृया दिनुहोस्

    विदेशस्थित नेपाली दूतावासले गर्ने कार्य कस्ता छन्?

    कुवेत – नेपाली दूतावासको वास्तविक कार्यहरू बहुपक्षीय हुन्छन् र यसले नेपाल सरकारको तर्फबाट विदेशमा देशको प्रतिनिधित्व...

    जुत्ता तथा चप्पल निर्माण तालिम सम्पन्न

    मोरङ, जेठ १७ – “महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ...

    आजको राशिफल

    आज जेठ १७, २०८२ (मे ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वैदेशिक रोजगारीको नाममा युवालाई झुक्याउने युवक पक्राउ

    काठमाडौं, जेठ १६ – वैदेशिक रोजगारीका सपनामा रमाइरहेका युवायुवतीलाई कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी...

    मोरङको पुरानो दोहमना बजार दिनप्रतिदिन खस्कँदै

    मोरङ, जेठ १६ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजार दिनप्रतिदिन खस्कँदै गएको छ। प्रत्येक साता...