News Portal

मोरङको पुरानो दोहमना बजार दिनप्रतिदिन खस्कँदै

रबिन्द्र बराल
२२० पटक

मोरङ, जेठ १६ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजार दिनप्रतिदिन खस्कँदै गएको छ। प्रत्येक साता आइतबार र बिहीबार लाग्ने यस साप्ताहिक बजारमा पहिलेको जस्तो चहलपहल देखिन छाडेको छ।

करीब २० वर्षअगाडि मोरङ, सुनसरी, झापा, संखुवासभा, भोजपुर तथा भारतका विभिन्न स्थानहरूबाट सर्वसाधारणहरू सामान किनबेचका लागि भीडभाड गर्दै बजारमा आउने गर्थे। तर, कोरोना महामारीका बेला नेपाल सरकारले लागू गरेको लकडाउन र आवाजजावतमा कडाइ गरेपछि गाउँघरमै सवारीसाधनमार्फत आवश्यक सामान पुग्न थालेपछि दोहमना बजार विस्तारै ओझेलमा पर्दै गएको स्थानीयहरू बताउँछन्।

एक समय लत्ता–कपडा, गाई, गोरु, बाख्रा, हाँस, कुखुरा, खाद्यान्न लगायतका सामग्रीहरू अत्यधिक मात्रामा बिक्री वितरण हुने यो बजार अहिले सुनसान बन्दै गएको छ। पछिल्लो समय नगरपालिका मार्फत उठाइने वार्षिक कर असुलीमा ठेकेदारहरूको मनोमानी बढ्दै गएको व्यापारीहरू बताउँछन्।

स्थानीय व्यापारी मनोज कुमार साहका अनुसार, ठेकेदारहरूले मनपरी रूपमा कर असुली गर्ने, अनुहार हेरेर बट्टा लगाउनेजस्ता कार्यले साना व्यापारीहरू मर्कामा परिरहेका छन्। बजार व्यवस्थापन समिति तथा जनप्रतिनिधिहरूले समय–समयमा अनुगमन नगरेको अवसरमा ठेकेदारहरूले मनोमानी गरिरहेको उनीहरूको गुनासो छ।

हाल प्रदेश सरकारले बजार व्यवस्थापनका लागि ७० वटा सटर र ९ वटा टहरा निर्माण गरिसकेको जनाएको छ। यद्यपि, बजारको समग्र सुधारका लागि प्रभावकारी योजना र नियमित अनुगमनको खाँचो देखिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...