News Portal

दुर्गा प्रसाईंको समूह आजको राजावादी आन्दोलनमा सहभागी नहुने

हिमालीसंचार संवाददाता
२१४ पटक

काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा आयोजना गरिएको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं नेतृत्वको समूह सहभागी नहुने भएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै आएको प्रसाईं समूहले राप्रपाको यो आन्दोलनसँग कुनै सहकार्य नरहेको भन्दै स्पष्ट अडान लिएको हो।

उक्त समूहका केन्द्रीय सचिव प्रेमदिप लिम्बूद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको आफ्नै जनआन्दोलन हो, हाम्रो अभियानको यसमा कुनै सहकार्य छैन। त्यसैले हाम्रो अभियानका कार्यकर्ता तथा समर्थकलाई उक्त आन्दोलनमा सहभागी नहुन निर्देशन दिइन्छ।”

विज्ञप्तिमा आन्दोलनको क्रममा कुनै अप्रिय घटना भएमा त्यसप्रति आफ्नो अभियानले कुनै जिम्मेवारी नलिने स्पष्ट रूपमा उल्लेख गरिएको छ।

यसैबीच, राप्रपासहितका विभिन्न राजावादी समूह भने आज देशमा राजसंस्था पुनःस्थापना तथा हिन्दू राष्ट्र घोषणाका मागसहित प्रदर्शनमा उत्रिएका छन्। यद्यपि, दुर्गा प्रसाईं नेतृत्वको अभियान उक्त आन्दोलनबाट अलग रहने निर्णयले राजावादी आन्दोलनभित्रको आन्तरिक मतभेद पनि सतहमा ल्याएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...