News Portal

दुर्गा प्रसाईंको समूह आजको राजावादी आन्दोलनमा सहभागी नहुने

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा आयोजना गरिएको राजावादी प्रदर्शनमा दुर्गा प्रसाईं नेतृत्वको समूह सहभागी नहुने भएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालन गर्दै आएको प्रसाईं समूहले राप्रपाको यो आन्दोलनसँग कुनै सहकार्य नरहेको भन्दै स्पष्ट अडान लिएको हो।

उक्त समूहका केन्द्रीय सचिव प्रेमदिप लिम्बूद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको आफ्नै जनआन्दोलन हो, हाम्रो अभियानको यसमा कुनै सहकार्य छैन। त्यसैले हाम्रो अभियानका कार्यकर्ता तथा समर्थकलाई उक्त आन्दोलनमा सहभागी नहुन निर्देशन दिइन्छ।”

विज्ञप्तिमा आन्दोलनको क्रममा कुनै अप्रिय घटना भएमा त्यसप्रति आफ्नो अभियानले कुनै जिम्मेवारी नलिने स्पष्ट रूपमा उल्लेख गरिएको छ।

यसैबीच, राप्रपासहितका विभिन्न राजावादी समूह भने आज देशमा राजसंस्था पुनःस्थापना तथा हिन्दू राष्ट्र घोषणाका मागसहित प्रदर्शनमा उत्रिएका छन्। यद्यपि, दुर्गा प्रसाईं नेतृत्वको अभियान उक्त आन्दोलनबाट अलग रहने निर्णयले राजावादी आन्दोलनभित्रको आन्तरिक मतभेद पनि सतहमा ल्याएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...