News Portal

साउदीमा दाङका यमबहादुर उपचारकै क्रममा अस्ताए

हिमाली संचार संवाददाता
८३० पटक

तेज थापा/साउदी : वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब आएका एक नेपालीको दुःखद निधन भएको छ । ताबुक स्थित आस्त्रा कम्पनीमा काम कार्यरत यम बहादुर वलीको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

केही समयदेखि अस्वस्थ रहदै आएका उनि १७ नोभेम्ब, २०१८ मा एक्कासी बिमारले चापे पछि प्रीन्स फाहाद बिन हस्पिटलमा भर्ना भएका थिए । अवस्था अत्याधिक नाजुक रहेको डाक्टरले तत्कालै सल्यक्रिया गर्नु सल्लाह दिए पछि गत शुक्रबार २३, नोभेम्बर शल्यक्रिया भएको थियोे । शल्यक्रिया पश्चात् अस्पतालको ICU कक्ष मै मृत्यु भएको उनका सहकर्मी दिनेश तामाङ र मनिराम ढकालले आफुलाई जानकारी दिएको एनआरएनए ताबुकका क्षेत्रीय अध्यक्ष अर्जुन थापाले बताए ।

मृतक वलीको ७ महिना अघि पनि पायल्सको सल्यक्रिया भएको थियो । शल्यक्रिया पछि “वहाँको स्वास्थ्यमा खासै सुधार नभइ थप अरु बिमारले समेत च्यापेको थियो”- क्षेत्रीय अध्यक्ष थापाले भने । साथै घटनाको विवरण जेद्धा कन्सुलरमा समेत अवगत गराएको उनले बताए ।

घोराही उपमहानगरपालिका ३, दाङ स्थाइ घर भएका वली ७ बर्ष देखी साउदि अरब कार्यरत थिए । मृतकका श्रीमती र दुई छोरीहरु छन् भने घरको आर्थिक स्थिति अति कमजोर रहेकोले परिवारको भविष्य समेत अन्योलमा पर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...