News Portal

गभर्नर पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा नयाँ रिट, योग्यतामाथि गम्भीर प्रश्न उठ्दै

हिमालीसंचार संवाददाता
१९५ पटक

काठमाडौं, जेठ १३ – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको नियुक्ति प्रक्रिया फेरि विवादमा परेको छ। अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आज सर्वोच्च अदालतमा नयाँ रिट दर्ता गरेका छन्।

रिटमा पौडेलको शैक्षिक तथा प्राविधिक योग्यतामाथि गम्भीर प्रश्न उठाइएको छ। उनीहरूका अनुसार गभर्नर पदको संवैधानिक मापदण्ड पौडेलले पूरा गर्दैनन्। त्यसैले राष्ट्र बैंकको नेतृत्वमा उहाँको उपस्थितिलाई कानुनी रुपमा अस्वीकृत गर्नुपर्ने माग गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, राष्ट्र बैंक र गभर्नर स्वयंलाई विपक्षी बनाइएको रिटमा अन्तरिम आदेशको मागसमेत गरिएको छ। खासगरी गभर्नरले बैंक नोटमा हस्ताक्षर गर्ने अधिकार तत्काल रोक्नुपर्ने भन्दै अदालतलाई अनुरोध गरिएको छ।

सर्वोच्च अदालतले यो मुद्दाको प्रारम्भिक सुनुवाइका लागि बुधबार मिति तोकेको छ। यसअघि पनि अधिवक्ताद्वय थापा र उप्रेतीले गभर्नर नियुक्ति अस्वीकार गर्न माग गर्दै रिट दर्ता गरेका थिए, तर प्रमाण नपुगेको भन्दै त्यो निवेदन दरपीठ गरिएको थियो।

तर, यसपटकको रिटमा थप प्रमाण र कानुनी आधार प्रस्तुत गर्दै मुद्दा अघि बढाइएको छ। यो घटनाले नेपालको केन्द्रीय बैंकको नेतृत्व चयन प्रक्रिया, पारदर्शिता र योग्यता मापदण्डप्रति गहिरो बहस सिर्जना गरेको छ।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...