News Portal

सन् २०८४ को निर्वाचनमा हर्क साम्पाङको राष्ट्रव्यापी उम्मेदवारीको घोषणा

संगीता गुरुङ
३२३ पटक

काठमाडौं, जेठ १३ – धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङले सन् २०८४ मा हुने संघीय तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निकै आश्चर्यजनक र महत्वाकांक्षी निर्णय सार्वजनिक गरेका छन्। उनले देशभरका सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् मंगलबार बिहान सार्वजनिक मन्तव्य जारी गर्दै साम्पाङले, आफूले इमानदार, निडर र कर्मशील पात्रहरूलाई उम्मेदवार बनाउने सोच बनाएको स्पष्ट पारेका छन्। “८४ मा हामी देशभरका सबै पालिकाहरू र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिनेछौं। दागरहित, इमानदार र काम गर्न चाहने व्यक्तिहरू हाम्रा उम्मेदवार हुनेछन्,” उनले लेखेका छन्।

साम्पाङको यो घोषणालाई विश्लेषकहरूले वैकल्पिक राजनीतिप्रति जनताको बढ्दो आकर्षणको संकेतका रूपमा लिएका छन्। विगतमा कीर्तिपुर नगरपालिकामा सम्पन्न मेयर उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)लाई समर्थन गरेर पनि साम्पाङले आफू स्वतन्त्र राजनीतिक धारप्रति प्रतिबद्ध रहेको देखाइसकेका छन्। यद्यपि उक्त निर्वाचनमा महर्जन चौथो स्थानमै सीमित भए, साम्पाङको साथले स्वतन्त्र उम्मेदवारको हौसला भने बढाएको थियो।

राजनीतिक वृत्तमा साम्पाङको यो अभिव्यक्तिलाई सन् २०८४ को चुनावी मैदानमा वैकल्पिक शक्तिको लहर सुरु गर्ने प्रयासको रूपमा हेरिएको छ। देशको वर्तमान राजनीतिक अवस्थाबाट निराश जनताको नजर अब स्वतन्त्र, इमानदार र राष्ट्रप्रेमी उम्मेदवारतर्फ आकर्षित हुने संकेत यसबाट देखिएको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...