News Portal

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ, नेसपा समूहसँग पार्टी एकता

हिमालीसंचार संवाददाता
३०९ पटक

काठमाडौं, जेठ १२ – करीब एक दशकपछि गंगानारायण श्रेष्ठ पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) का सह–अध्यक्ष रहेका श्रेष्ठ सोमबार ललितपुरको ग्वार्कोस्थित कार्यक्रममार्फत माओवादीमा औपचारिक रूपमा समाहित भएका हुन्।

श्रेष्ठ नेतृत्वको नेसपा समूह र माओवादी केन्द्रबीच भएको पाँच बुँदे सहमतिमा आधारित एकता अन्तर्गत श्रेष्ठलाई माओवादीमा सचिवको जिम्मेवारी दिइएको छ। अन्य समायोजित नेताहरूलाई पनि उपयुक्त भूमिका दिने तयारी गरिएको छ।

२०७२ मा डा. बाबुराम भट्टराईसँगै माओवादी त्याग गरी नयाँ शक्ति अभियानमा लागेका श्रेष्ठ पछिल्लो समय पुनः माओवादीमा फर्कने तयारीमा थिए। भट्टराईले अन्तिम समयमा एकता अस्वीकार गरेपछि श्रेष्ठले महिन्द्र राय यादवसँग मिलेर एकता प्रयासलाई अघि बढाएका थिए। चैतमा भएको तीन बुँदे सहमति निष्कर्षमा नपुग्दा श्रेष्ठले जेठ ११ मा नेसपा पुनर्गठन गर्दै माओवादीसँग एकता घोषणा गरेका हुन्।

पाँच बुँदे सहमतिका मुख्य बुँदाहरू

1. मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवाद रहने।

2. नेपाली समाजवाद विशेष कार्यक्रम लागू गर्ने।

3. आन्दोलनका स्वरूप परिस्थिति अनुसार तय हुने।

4. जनवादी केन्द्रीयता सिद्धान्तअनुसार पार्टी सञ्चालन।

5. समायोजन भएकालाई भूमिकाअनुसार जिम्मेवारी।

सिन्धुलीका गंगानारायण श्रेष्ठ ‘प्रभात’ उपनामले चिनिन्छन्। २०४३ मा विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका श्रेष्ठ २०५३ मा पक्राउ परी पाँच वर्ष जेल बसेका थिए। माओवादी युद्धकालमा सक्रिय नेता रहेका उनी पछि भट्टराईको स्वकीय सचिव हुँदै नयाँ शक्ति नेपाल, जसपा, र नेसपामा जिम्मेवारी सम्हाल्दै आएका थिए।

श्रेष्ठसँगै करिब १७ कार्यकारिणी सदस्य र १०० केन्द्रीय सदस्य माओवादीमा समाहित भएको दाबी गरिएको छ। अब एकता महाधिवेशनमार्फत पार्टीको नाम, झण्डा र वैचारिक पक्षबारे अन्तिम निर्णय गरिनेछ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...