News Portal

१० वर्षपछि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ, नेसपा समूहसँग पार्टी एकता

हिमालीसंचार संवाददाता
२१५ पटक

काठमाडौं, जेठ १२ – करीब एक दशकपछि गंगानारायण श्रेष्ठ पुनः नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) का सह–अध्यक्ष रहेका श्रेष्ठ सोमबार ललितपुरको ग्वार्कोस्थित कार्यक्रममार्फत माओवादीमा औपचारिक रूपमा समाहित भएका हुन्।

श्रेष्ठ नेतृत्वको नेसपा समूह र माओवादी केन्द्रबीच भएको पाँच बुँदे सहमतिमा आधारित एकता अन्तर्गत श्रेष्ठलाई माओवादीमा सचिवको जिम्मेवारी दिइएको छ। अन्य समायोजित नेताहरूलाई पनि उपयुक्त भूमिका दिने तयारी गरिएको छ।

२०७२ मा डा. बाबुराम भट्टराईसँगै माओवादी त्याग गरी नयाँ शक्ति अभियानमा लागेका श्रेष्ठ पछिल्लो समय पुनः माओवादीमा फर्कने तयारीमा थिए। भट्टराईले अन्तिम समयमा एकता अस्वीकार गरेपछि श्रेष्ठले महिन्द्र राय यादवसँग मिलेर एकता प्रयासलाई अघि बढाएका थिए। चैतमा भएको तीन बुँदे सहमति निष्कर्षमा नपुग्दा श्रेष्ठले जेठ ११ मा नेसपा पुनर्गठन गर्दै माओवादीसँग एकता घोषणा गरेका हुन्।

पाँच बुँदे सहमतिका मुख्य बुँदाहरू

1. मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवाद रहने।

2. नेपाली समाजवाद विशेष कार्यक्रम लागू गर्ने।

3. आन्दोलनका स्वरूप परिस्थिति अनुसार तय हुने।

4. जनवादी केन्द्रीयता सिद्धान्तअनुसार पार्टी सञ्चालन।

5. समायोजन भएकालाई भूमिकाअनुसार जिम्मेवारी।

सिन्धुलीका गंगानारायण श्रेष्ठ ‘प्रभात’ उपनामले चिनिन्छन्। २०४३ मा विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका श्रेष्ठ २०५३ मा पक्राउ परी पाँच वर्ष जेल बसेका थिए। माओवादी युद्धकालमा सक्रिय नेता रहेका उनी पछि भट्टराईको स्वकीय सचिव हुँदै नयाँ शक्ति नेपाल, जसपा, र नेसपामा जिम्मेवारी सम्हाल्दै आएका थिए।

श्रेष्ठसँगै करिब १७ कार्यकारिणी सदस्य र १०० केन्द्रीय सदस्य माओवादीमा समाहित भएको दाबी गरिएको छ। अब एकता महाधिवेशनमार्फत पार्टीको नाम, झण्डा र वैचारिक पक्षबारे अन्तिम निर्णय गरिनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...