News Portal

लुम्बिनी प्रदेशका १४ अस्पतालमा विकास समिति गठन : कांग्रेस र एमालेबीच बराबरको भागबन्डा

हिमालीसंचार संवाददाता
१५३ पटक

दाङ, वैशाख ८ – लुम्बिनी प्रदेशका १४ वटा अस्पतालमा नयाँ विकास समिति गठन गरिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति अनुसार दुबै दलले समान रूपमा ७/७ अस्पतालको नेतृत्व पाएका छन्।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसबाट महेन्द्र लामिछाने चयन भएका छन्। उहाँ मानव अधिकार तथा शान्ति समाज लगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय हुनुहुन्छ। उता बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेका अजयमान श्रेष्ठ पुनः नियुक्त भएका छन्। श्रेष्ठ यसअघि पनि सोही पदमा कार्यरत भइसकेका थिए।

यसैगरी, भालुवाङ अस्पताल (दाङ) मा एमालेका सूर्यप्रकाश शर्मा, रुकुम पूर्व अस्पतालमा कांग्रेसका लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल (नवलपरासी) मा एमालेका जगदीश चौधरी, प्युठान अस्पतालमा कांग्रेसका कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा कांग्रेसकै शेरबहादुर थापा, रामपुर अस्पताल (पाल्पा) मा एमालेका युवराज खनाल, पाल्पा अस्पतालमा कांग्रेसका अजयमान कर्माचार्य, गुल्मी अस्पतालमा एमालेका राजेन्द्रप्रसाद पाण्डे, अर्घाखाँची अस्पतालमा एमालेका बलाराम मिश्र, कपिलवस्तु अस्पतालमा एमालेका रन्जिकुमार बर्मा र भैरहवास्थित भीम अस्पतालमा कांग्रेसका कुलप्रसाद न्यौपाने अध्यक्षमा चयन भएका छन्।

प्रदेश सरकारले आधिकारिकरूपमा समितिको घोषणा अझै नगरे पनि विश्वसनीय स्रोतका अनुसार आइतबारसम्ममा सबैलाई नियुक्तिपत्र प्रदान गरिने तयारी भइरहेको छ।

दाङ र रुपन्देहीमा रहेका दुई आयुर्वेद अस्पतालको विकास समितिबारे भने अझै निर्णय भइसकेको छैन।

यसबाहेक, यसअघि कार्तिक ७ गते एमाले र माओवादी केन्द्रको गठबन्धनकालमा गठन गरिएका समितिहरूलाई हालै प्रदेश सरकारले वैशाख १६ गते खारेज गरेको थियो। चैत महिनामै नयाँ सहमति भइसके पनि मन्त्रिपरिषद्को बैठक ढिला भएकाले निर्णय कार्यान्वयन गर्न समय लागेको बताइएको छ।

लुम्बिनी प्रदेशमा रहेका १३ वटा आयुर्वेद चिकित्सालयहरूमा पनि निकट भविष्यमा विकास समितिको गठन गरिने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...