News Portal

लुम्बिनी प्रदेशका १४ अस्पतालमा विकास समिति गठन : कांग्रेस र एमालेबीच बराबरको भागबन्डा

हिमालीसंचार संवाददाता
२०७ पटक

दाङ, वैशाख ८ – लुम्बिनी प्रदेशका १४ वटा अस्पतालमा नयाँ विकास समिति गठन गरिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति अनुसार दुबै दलले समान रूपमा ७/७ अस्पतालको नेतृत्व पाएका छन्।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसबाट महेन्द्र लामिछाने चयन भएका छन्। उहाँ मानव अधिकार तथा शान्ति समाज लगायत विभिन्न सामाजिक संघसंस्थामा सक्रिय हुनुहुन्छ। उता बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेका अजयमान श्रेष्ठ पुनः नियुक्त भएका छन्। श्रेष्ठ यसअघि पनि सोही पदमा कार्यरत भइसकेका थिए।

यसैगरी, भालुवाङ अस्पताल (दाङ) मा एमालेका सूर्यप्रकाश शर्मा, रुकुम पूर्व अस्पतालमा कांग्रेसका लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल (नवलपरासी) मा एमालेका जगदीश चौधरी, प्युठान अस्पतालमा कांग्रेसका कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा कांग्रेसकै शेरबहादुर थापा, रामपुर अस्पताल (पाल्पा) मा एमालेका युवराज खनाल, पाल्पा अस्पतालमा कांग्रेसका अजयमान कर्माचार्य, गुल्मी अस्पतालमा एमालेका राजेन्द्रप्रसाद पाण्डे, अर्घाखाँची अस्पतालमा एमालेका बलाराम मिश्र, कपिलवस्तु अस्पतालमा एमालेका रन्जिकुमार बर्मा र भैरहवास्थित भीम अस्पतालमा कांग्रेसका कुलप्रसाद न्यौपाने अध्यक्षमा चयन भएका छन्।

प्रदेश सरकारले आधिकारिकरूपमा समितिको घोषणा अझै नगरे पनि विश्वसनीय स्रोतका अनुसार आइतबारसम्ममा सबैलाई नियुक्तिपत्र प्रदान गरिने तयारी भइरहेको छ।

दाङ र रुपन्देहीमा रहेका दुई आयुर्वेद अस्पतालको विकास समितिबारे भने अझै निर्णय भइसकेको छैन।

यसबाहेक, यसअघि कार्तिक ७ गते एमाले र माओवादी केन्द्रको गठबन्धनकालमा गठन गरिएका समितिहरूलाई हालै प्रदेश सरकारले वैशाख १६ गते खारेज गरेको थियो। चैत महिनामै नयाँ सहमति भइसके पनि मन्त्रिपरिषद्को बैठक ढिला भएकाले निर्णय कार्यान्वयन गर्न समय लागेको बताइएको छ।

लुम्बिनी प्रदेशमा रहेका १३ वटा आयुर्वेद चिकित्सालयहरूमा पनि निकट भविष्यमा विकास समितिको गठन गरिने तयारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...