News Portal

बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

रबिन्द्र बराल
२०० पटक

मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक दिने आँखा शिविर सम्पन्न भएको छ। प्रत्येक आइतबार र बिहीबार लाग्ने हाट बजारलाई मध्यनजर गर्दै बिराट आँखा अस्पतालले उक्त शिविर सञ्चालन गरेको हो।

बजारमा भेला हुने आगन्तुकहरूलाई ध्यानमा राखी शिविर सञ्चालन गरिएको स्थानीय शेषराज राजवंशीले बताए। उनका अनुसार हटियाको समयमा शिविर सञ्चालन गर्दा उपचारका लागि धेरै मानिसहरूको उपस्थिति हुने भएकाले आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा बिराट आँखा अस्पतालका सन्तोष यादव, आरती यादव, सन्जिता खनाललगायतको टोलीले सेवा प्रदान गरेका थिए।

शिविरबाट दोहमना र वरपरका १५५ जनाले आँखा जाँच गराउनुका साथै निःशुल्क औषधि वितरण गरिएको मार्केटिङ म्यानेजर सुमन बस्नेतले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...