News Portal

बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

रबिन्द्र बराल
२७९ पटक

मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक दिने आँखा शिविर सम्पन्न भएको छ। प्रत्येक आइतबार र बिहीबार लाग्ने हाट बजारलाई मध्यनजर गर्दै बिराट आँखा अस्पतालले उक्त शिविर सञ्चालन गरेको हो।

बजारमा भेला हुने आगन्तुकहरूलाई ध्यानमा राखी शिविर सञ्चालन गरिएको स्थानीय शेषराज राजवंशीले बताए। उनका अनुसार हटियाको समयमा शिविर सञ्चालन गर्दा उपचारका लागि धेरै मानिसहरूको उपस्थिति हुने भएकाले आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा बिराट आँखा अस्पतालका सन्तोष यादव, आरती यादव, सन्जिता खनाललगायतको टोलीले सेवा प्रदान गरेका थिए।

शिविरबाट दोहमना र वरपरका १५५ जनाले आँखा जाँच गराउनुका साथै निःशुल्क औषधि वितरण गरिएको मार्केटिङ म्यानेजर सुमन बस्नेतले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...