News Portal

बद्री केसी समूहको कनक्लेभमा भाग नलिन एनआरएनए आइसिसीको अपिल

हिमालीसंचार संवाददाता
२८१ पटक

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिबाट काठमाडौँमा सम्पन्न ‘एकता महाधिवेशन’बाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहद्वारा काठमाडौँमा आयोजना गर्न लागिएको ‘एनआरएनए कनक्लेभ’ कार्यक्रममा भाग नलिन सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।

मंगलवार नवनिर्वाचित महासचिव बी.आर. लामाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा महेशकुमार श्रेष्ठको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले एकता र सद्भावपूर्ण वातावरण निर्माण गर्ने प्रयास गरिरहेको अवस्थामा त्यस्तो वातावरणमा खलल पुर्‍याउने कुनै पनि गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “एकता महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि महेशकुमार श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिलाई कार्य गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यसले श्रेष्ठ नेतृत्वको कार्यसमिति नै वैधानिक र आधिकारिक रहेको पुष्टि गर्दछ।”

एनआरएनए आइसिसीले विश्वभर रहेका लाखौँ एनआरएनहरूको भावना र अपेक्षाको सम्मान गर्दै सबै पक्षलाई एकता, सद्भाव र सहकार्यको वातावरण निर्माणमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...