News Portal

बद्री केसी समूहको कनक्लेभमा भाग नलिन एनआरएनए आइसिसीको अपिल

हिमालीसंचार संवाददाता
४०८ पटक

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिबाट काठमाडौँमा सम्पन्न ‘एकता महाधिवेशन’बाट निर्वाचित कार्यसमितिले बद्री केसी समूहद्वारा काठमाडौँमा आयोजना गर्न लागिएको ‘एनआरएनए कनक्लेभ’ कार्यक्रममा भाग नलिन सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ।

मंगलवार नवनिर्वाचित महासचिव बी.आर. लामाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा महेशकुमार श्रेष्ठको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले एकता र सद्भावपूर्ण वातावरण निर्माण गर्ने प्रयास गरिरहेको अवस्थामा त्यस्तो वातावरणमा खलल पुर्‍याउने कुनै पनि गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “एकता महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएपछि महेशकुमार श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिलाई कार्य गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यसले श्रेष्ठ नेतृत्वको कार्यसमिति नै वैधानिक र आधिकारिक रहेको पुष्टि गर्दछ।”

एनआरएनए आइसिसीले विश्वभर रहेका लाखौँ एनआरएनहरूको भावना र अपेक्षाको सम्मान गर्दै सबै पक्षलाई एकता, सद्भाव र सहकार्यको वातावरण निर्माणमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...